मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
सुर्खेत - चीनका राष्ट्रपति शी चिनफिङ भारत हुँदै शनिवार नेपाल आए र आइतवार फर्किए ।
कर्णालीबासीको उत्तरी छिमेकी देश चीनसँग मात्रै सिमाना जोडिएका कारण उनीप्रति ठूलो अपेक्षा थियो तर उनको भ्रमणले अहिले फेरिपनि कर्णालीबासीका लागि न हाँसो न पासो बनेको छ ।
धेरै अपेक्षा बोकेको कर्णाली प्रदेशले यो पाली शक्तिशाली छिमेकी देशबाट अपेक्षा गरेअनुरुप केही उपलब्धी भने पाउन सकेन ।
कर्णाली प्रदेश सरकारले चीनसँग जमुनाहाँ हिल्सा सडक निर्माण गर्न आर्थिक सहयोगको अपेक्षा गरेको थियो तर संघीय सरकारले यसलाई एजेण्डाका रुपमा लिएपनि सम्झौता गर्ने तहमा प्राथमिकतामा लिएन ।
विगतमा पनि संघीय सरकारले सबैभन्दा पछि परेको कर्णाली प्रदेशलाई राज्यको मूलधारमा ल्याउन पहल नगरेकै कारण विकास नभएको भन्ने जनगुनासो अहिले पुष्टि भएको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लामो प्रयासका बावजुद जमुनाहा हिल्सा सडक मार्गलाई संघीय सरकारले एजेण्डाका रुपमा लिएपनि सम्झौता गर्न नसक्नु कर्णालीका लागि दुर्भाग्य भएको बताए ।
‘नेपालकै सबैभन्दा विकट कर्णाली प्रदेश भएतापनि नेपाल सरकारको प्राथमिकतामा परेन,’ उनले भने, ‘जमुनाहा हिल्सा सडकको हामीले डिपीआर समेत बनाइसकेको अवस्थामा योजना छनौटमा पर्न नसक्नु कर्णालीबासीका लागि दुर्भाग्य नै हो ।’
यद्यपी प्रदेश सरकारले उक्त एजेण्डा नेपाल सरकारसम्म पु¥याउन सफल भएको उनको दाबी छ । ‘यो पालीको विकासे एजेण्डा कर्णालीमय बनाउनु पर्ने थियो,’ उनले भने, ‘तर विडम्बना कर्णालीलाई फेरिपनि उपेक्षा गरियो । आर्थिक, सामाजिक अन्य हिसाबले पछि परेको प्रदेशलाई विकास नगरेसम्म नेपालको विकास हुँदैन भन्ने कुराको ख्याल राज्यले गर्न सकेन । संघीय सरकारमा कर्णालीको सहज पहुँच नभएका कारण पनि होला ।’
चीन सरकारसँग भएका विभिन्न सम्झौता अनुसार केहि आशलाग्दा निर्णय भएको मुख्यमन्त्री शाहीको भनाई छ ।
‘हाइड्रोमा लगानी गर्ने, उत्पादनका क्षेत्रमा, पूर्वाधारका क्षेत्रमा र एकिकृत बस्ती विकासमा चीन सरकारले लगानी गर्ने सहमति भएको छ,’ उनले भने, ‘यदि नेपाल सरकारले कर्णालीलाई छानेको खण्डमा केहि राहत भने हुनेछ । देशकालागि भ्रमण सुखदायी नै भयो ।’
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...