बढी बुद्धिमान् मानिसलाई रोमान्टिक पार्टनर खोज्न गाह्रो : अध्ययन

काठमाडौं — कुनै व्यक्ति बढी बुद्धिमान् वा धेरै ध्यान नदिने खालको छ भने उसले रोमान्टिक साथी पाउन गाह्रो हुने एक अध्ययनले दाबी गरेको छ । 

युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले ३८३ युवामा सर्वेक्षण गर्दा आफ्नो पार्टनरमा कुन गुण हेर्न चाहनुहुन्छ भनी सोधेका थिए । तिनमा चार प्रमुख गुण थिए ः बुद्धिमत्ता, ध्यान नदिने, दयालुता र शारीरिक आकर्षण । 


Advertisement

सर्वेक्षणमा भाग लिने ९९ प्रतिशत मानिसले आफ्नो पार्टनरमा बुद्धिमत्ता र बढी ध्यान नदिने गुण नचाहने बताए । उनीहरू रोमान्टिक पार्टनरमा दयालुता र शारीरिक आकर्षणका खोजी गर्ने देखिएको छ । 

अध्ययन निष्कर्ष ब्रिटिश जर्नल अफ साइकोलोजीमा प्रकाशित भएको छ । 

अनुसन्धानकर्ता गिल्स गिग्नाकले भने, ‘अध्ययन हेर्दा के लाग्छ भने धेर बुद्धिमान् मानिसप्रति असुरक्षाको भावना उत्पन्न हुन्छ । धेरै ध्यान नदिनेलाई चाहिँ विश्वास वा आकांक्षाको कमीका रूपमा हेर्न सकिन्छ ।’

एजेन्सी 

कमेन्ट गर्नुहोस्