कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
असोज २७, २०७६
धनगढी – सुदूरपश्चिम प्रदेशमा पत्रपत्रिका तथा सञ्चार माध्यमको अभिलेख राख्ने तथा सञ्चारकर्मीहरूलाई प्रेस पास उपलब्ध गराउने सञ्चार केन्द्र धनगढीको कार्यालय डेढ वर्षदेखि अस्तव्यस्त बनेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना तथा प्रसारण विभाग मातहतको सञ्चार केन्द्र धनगढीको कार्यालय डेढ वर्षदेखि अस्तव्यस्त हुँदै आएको छ ।
तत्कालीन कार्यालय प्रमुख कृष्णामाया श्रेष्ठको डेढ वर्ष पहिले अवकाश भएयता कार्यालय प्रमुखविहीन बनेको छ । हाल सो कार्यालयको कार्यबाहकको जिम्मेवारी जिल्ला हुलाक कार्यालय कैलालीका प्रमुख मेनका श्रेष्ठले पाएकी छिन् ।
जिल्ला हुलाक कार्यालयकी प्रमुख श्रेष्ठ हुलाक कार्यालयमा मात्रै सीमित भएपछि दैनिक कामकाज प्रभावित बनेको हो । सञ्चार केन्द्र कार्यालय सहयोगी विनोद चौधरीको भरमा चल्दै आएको छ ।
कार्यालय सहयोगी चौधरी भन्छन्– ‘यहाँ यस्तै छ । हाकिम नभएको धेरै भयो । हुलाक कार्यालयको हाकिमसा‘बले हेरेपनि उहाँ उताकै व्यस्तताले यता भ्याउन सक्नुहुन्न । सबै चिठ्ठीपत्रमा हस्ताक्षर गराउन उतै जानुपर्छ । यो कार्यालय पनि हुलाकमै सर्दैछ भन्ने सुन्छु, अहिलेसम्म सरेको छैन ।’
कार्यालय प्रमुखविहीन बनेपछि सो कार्यालय कवाडखानामा जस्तो बनेको छ । पत्रपत्रिकाहरू यत्रतत्र फिँजिएका देख्न सकिन्छ भने कार्यालय प्रमुखको कार्यकक्ष नै सधैँ बन्द अवस्थामा रहने कार्यालय सहयोगी चौधरी बताउँछन् ।
कार्यालय प्रमुख कार्यालयमा नबसेपछि प्रेसपास नवीकरण गराउन जाने सुदूरपश्चिमका पत्रकारहरू निकै सास्ती समेत झेल्दै आएका छन् । पहुरा थारू दैनिकमा कार्यरत पत्रकार दुर्जन चौधरी भन्छन्–‘प्रेसपास नवीकरण गराउन जाँदा आफैं प्रेसपासको फम्र्याटमा टाइप गर्नुपर्ने, टाइप गरिएको प्रेसपासमा हस्ताक्षर गराउन आफैं हुलाक कार्यालय धाउनुपर्ने अवस्था छ ।’
त्यस्तै, कार्यबाहक कार्यालय प्रमुख श्रेष्ठले सूचना तथा प्रसारण विभागले आवश्यक कर्मचारी नपठाउँदा समस्या सिर्जना भएको बताइन् । आफूले कार्यालय सञ्चालनमा केही सहयोग मात्रै गरेको बताउँदै उनले आफ्नो व्यस्तता हुलाक कार्यालयमा ठिक्क हुने भएकोले समय दिन नसकिरहेको उल्लेख गरिन् ।
सूचना विभागबाट जारी भएको प्रेसपास नवीकरण, प्रेस काउन्सिलको वर्गीकरणमा परेका पत्रिकालाई भुक्तानी दिने, पत्रिकाको अभिलेख राख्ने र सिफारिस गर्ने कार्य यस कार्यालयबाट हुँदै आएको छ ।
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...