बालुवाटारमा ओली-प्रचण्ड : शी भ्रमणको समीक्षादेखि मन्त्रीमण्डल पुनर्गठनबारेमा छलफल

फाइल फोटो

काठमाडौँ -सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल शुरू भएको छ ।

सोमवार अपरान्ह प्रचण्ड बालुवाटार पुगेको बालुवाटार स्रोतले लोकान्तरलाई जानकारी दियो ।


Advertisement

'बिहान ९ बजेतिर अध्यक्षद्वयबीच करीब १ घण्टा छलफल भएको थियो,' स्रोतले लोकान्तरसँग भन्यो ।

छलफलमा चिनियाँ राष्ट्रपति शी चिनफिङको नेपाल भ्रमणको समीक्षा लगायत नेकपाको एकताप्रक्रियाका बाँकी कामहरू कसरी टुंग्याउने भन्ने विषयमा पनि कुराकानी भएको स्रोतको दाबी छ । 

स्रोतका अनुसार मन्त्रीमण्डल पुनर्गठनका विषयमा पनि अध्यक्षद्वयबीच छलफल भएको थियो ।

कमेन्ट गर्नुहोस्