माछापुच्छ्रे बैंकले १६ प्रतिशत लाभांश  दिने

काठमाडौं –माछापुच्छ्रे बैंक लिमिटेडले लगानीकर्ताहरूलाई १६ प्रतिशत लाभांश वितरण  गर्ने भएको छ ।

बैंकको शुक्रवार सम्पन्न २१औँं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण  प्रस्ताव पारित गरेको हो ।


Advertisement

जसमध्ये, चुक्तापूँजीको ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस लाभांश (बोनस एंव नगद लाभांशमा लाग्ने कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

सो साधारण सभाले बैंकको आर्थिक बर्ष २०७५/७६ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै साथै, साधारणसभाले माछापुच्छ्रे बैंक लि. र अन्य उपयुक्त बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा गाभ्न/गाभिने सम्बन्धि कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ । 

बैंकले गत आर्थिक वर्षमा बैंकले १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो ।

बंैकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्व ४५ करोड रुपैयाँ संचित छ ।

कमेन्ट गर्नुहोस्