कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
असोज २७, २०७६
जनकपुरधाम – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद प्रमोद कुमार साहले जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् । सोमवार बिहान साढे ११ बजेको बुद्ध एयरको विमान २ बजेसम्म पनि नआएपछि आक्रोशित हुँदै तोडफोड गरेका हुन् ।
बुद्ध एयर इन्चार्ज विजय कुमार सिंहका अनुसार साहले बुद्ध एयरको काउन्टर, भिआईपी कक्षको टेबुल तथा सिसा समेत तोडफोड गरेका छन् । साह सर्लाहीबाट प्रतिनिधि सभा सदस्यमा निर्वा्चित भएका हुन् ।
‘आवेशमा भएका सांसद साह अहिले जान मिल्दैन भनेर मैले उहाँलाई विमानमा चढ्न रोकेको पनि थिएँ,’ सिंहले भने, ‘तर सिडिओ साहेबले तोडफोडबाट भएको क्षतिको क्षतिपूर्ति मैले दिलाउनेछु भनेपछि उहाँलाई विमानमा चढ्न दिएको थिएँ ।’
कहिलेकाहीं ट्राफिकका कारण विगतमा उडानमा ढिलाई हुने गरेको भए पनि अब भने त्यस्तो समस्या नरहेको उनले बताए । आज मात्र विमान ढिलो भएको उनले बताए ।
यसै सन्दर्भमा किन तोडफोड गर्नु भयो भनेर सांसद साहको प्रतिक्रिया लिंदा उनको स्पष्टिकरण यस्तो थियो ।
हरेक दिन जनकपुर विमानस्थलमा विमान ढिलो हुन्छ । यात्रुलाई समयमै बोलाउने तर विमान भने १ घण्टा देखि ३ घण्टा सम्म ढिलो उड्ने गरेको हुन्छ । अरु ठाउँको यात्रुहरुको उडान गरेपछि मात्र बुद्ध एयरले जनकपुरको लागि उडान गर्ने गर्छ । यो समस्या भने धेरै दिन देखि छ ।
आज पनि साढे ११ बजेको लागि उडान थियो । ११ बजे जनकपुर विमानस्थलमा पुगीसकेको थिएँ । भोलिदेखि संसदीय अनुगमन टोलीमा विभिन्न जिल्लामा अनुगमन गर्न जानुपर्ने हुनाले आज जसरी पनि मलाई काठमाडौं पुग्नु नै थियो ।
भीआईपी कक्षमा पुग्दा त्यहाँ फोहोरै फोहोर थियो । हिजै खाएको जुठो प्लेट,ग्लास त्यसै राखिएको थियो । भिआइपी कक्षमैं कांग्रेसका एक जना चौधरी थरका एक जना नेता हर्टको बिरामी भएर बस्नुभएको थियो । उहाँको रेखदेख उहाँका श्रीमतीले गर्नुहुन्थ्यो ।
यात्रुहरुलाई समेत बस्ने ठाउँको अभाव त छँदै थियो । त्यतिकैमा विमान किन ढिलो हुन्छ भन्ने कुरा स्थानीय यात्रुसँग कुरा गर्दै थिएँ । त्यतिकैमा एक जना प्रहरीसँग सोध्दा उनले त झन् के भने भने अहिले एती एयरलाईन्सको विमान अवतरण हुँदैछ । तररनवेमा गाइहरु भित्र प्रवेश गरेका कारण अहिले आएर सुरक्षाकर्मीदेखि कर्मचारीहरु गाई धपाउन गएका छन् । खुल्ला नै छ अर्को तर्फ त्यसैबाट गाईहरू विमानस्थल भित्र आउने गरेको उनले बताए ।
भीआईपी कक्षमा मबाहेक नेकपाकै प्रदेश सभा सदस्य भरत साह,एक जना पूर्व सांसद रामचन्द्र सिंह कुशवाहा पनि बसेका थियौं । त्यसपछि मैले विमानस्थलको प्रमुखलाई फोन गरेर फोन लगाएँ तर उनको फोन उठेन । त्यसपछि मैले धनुषाको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई फोन गरें ।
यहाँ विमानस्थलमा भीआईपीको लागि भनेर ७ जना कर्मचारी खटेको भए पनि एक जना पनि नभएको,पानी समेत खुवाउने मान्छे नभएको,विमान ढिलो हुने गर्दा यात्रुहरुलाई सास्ती भोग्नु परेको लगायतका समस्या राखें । अति संवेदनशील ठाउँमा छाडा गाईहरू आउनु भनेको सामान्य समस्या होईन । त्यस पछि ठिक छ म कुरा गर्छु भन्दै उहाँले भन्नु भयो ।
सिडिओ साबसँग कुरा गरेको १ घण्टा बिते पनि कोही आएन । त्यसपछि मैले विमानस्थल प्रमुख ढकाललाई फोन पनि गरें । उता हर्टको बिरामी रहेका ती नेताको अवस्था झन-झन बिग्रदै गयो । अनि म बुद्ध एयरको काउन्टरमा गएर आक्रोशित हुँदै काउन्टरमा एक लात भने हानेको हो ।
त्यसपछि बुद्ध एयरको काउन्टरका इन्चार्ज विजय कुमार सिंह भिआईपी कक्षमा आएर तपाइले तोडफोड गर्न मिल्दैन,तोडफोड गर्नुभयो अब तपाईंलाई जान दिन्नँ भनें । मलाई आएर दादागिरी शैलीमा रोक्न खोजे । उनीसँगै करीब ५/६ जना बुद्ध एयरका कर्मचारीहरु भीआइपी कक्षमा आएर मलाई रोक्न खोजे ।
म पनि मधेशी नै हो,मधेशीकै छोरा हो तपाईंलाई जान दिन्न भनेर रोक्न खोजे पछि आक्रोशमा आएर भिआइपी कक्षको टेबुल उल्टाएको हो । त्यसको सिसा फुट्यो वा फुटेन भन्ने कुरा थाहा भएन ।
साढे २ बजे विमान उडान भयो र ३ बजे काठमाडौं आईपुगें । ४ घण्टा यदि विमानस्थलमैं रोकिनु पर्छ भने त्यो कुन सेवा भयो । म पनि मान्छे नै हो । यात्रुको समस्या देखेपछि आवेशमा आएकै हो । आउने बेला सबै यात्रुहरु खुशी भएका थिए ।
यो समस्या कसैले पनि उठाई रहेको थिएन,तपाइंले उठाउनु भयो भन्दै धन्यवाद समेत दिएका थिए । काठमाडौं जान विमानबाट पनि यदी ४ देखि ५ घण्टा लाग्ने हो भने विमानको यात्रा किन गर्ने त?मेरै अगाडी जनता मर्न थाल्यो भने आखिर म पनि जनप्रतिनिधि हो,मान्छे नै हो,आवेश त आउँछ नै ।
हो,तोडफोड चाहिं नगर्नुपर्थ्यो तर स्थिति नै त्यस्तो बनेको थियो । आखिर म पनि त मानिस नै हो । आवेश आयो । मैले आफ्नो लागि होईन जनताको समस्याको लागि तोडफोड गरेको हो ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...