आलम सांसद पदबाट निलम्वित

प्रतिनिधिसभाका सांसद मोहम्मद आफताब आलमलाई सांसद पदबाट निलम्वन गरिएको छ । 

    जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त कर्तव्य ज्यानसम्बन्धी मद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गर्न अनुमति माग गरेसँगै उनी निलम्बनमा परेका हुन् । 


Advertisement

रौतहटको राजापुर नगरपालिका–१ स्थित इद्रिस गेटबाट आलम आइतबार पक्राउ परेका थिए ।

 सङ्घीय सचिवालयद्वारा आज जारी गरिएको सूचनामा आलम पक्राउ गरिएको उपसभामुखलाई जानकारी गराइपछि प्रतिनिधिसभा नियमावलीअनुसार उनको सांसद पद निलम्वन गरिएको उल्लेख छ । 
 

कमेन्ट गर्नुहोस्