काली प्रसादको ‘माझी’ टुबोर्ग ओपन सेसन्स् २ पहिलो संस्करणमा

काठमाडौं – गायक, गीतकार तथा कम्पोजर काली प्रसाद बास्कोटाको लोकप्रिय गीत ‘माझी’ को प्रत्यक्ष प्रस्तुति टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ । 

टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स् २ एक युट्युब सिरिज हो जसमा, विभिन्न प्रसिद्ध कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुतिहरू पेश गरिन्छ ।


Advertisement

बास्कोटाको निकै लोकप्रिय गीत माझी टुबोर्ग ओपन सेसन्स्को दोस्रो संस्करणमा प्रस्तुत गरिएको पहिलो गीत हो । गीतका शब्दहरुले एक सामान्य माझीको आशा, बेदना, भाग्य र गन्तब्यको कथा बताउँछ । 

बाँसुरीको आन्नदायी धुन र बाँसकोटाको स्वरले गीतलाई जीवन्त बनाएको छ । चलचित्र ‘पुरानो डुङ्गा’ को लागी बाँसकोटाले लेखेको यो गीतले सबैको मन छुन सफल भएको छ । टुबोर्ग ओपन सेसन्स् २ को यस पहिलो गीतको संगीत निर्माता तथा एरेन्जर रोहित शाक्य रहेका छन् ।

टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स् सिजन २ ले पहिलो संस्करणमा जस्तै नेपाली संगीतकारहरुलाई सँगै ल्याई थुप्रै नयाँ सांगीतिक प्रस्तुति र सहकार्यहरू पेश गर्ने क्रम जारी नै छ । 
 

कमेन्ट गर्नुहोस्