सांसद आलममाथि अनुसन्धानका लागि ७ दिनको म्याद थप

फाइल फोटो

काठमाडौं– बम विस्फोटमा घाइते भएका आफ्ना २२ सहयोगीलाई इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका सांसद अफताब आलममाथि अनुसन्धानका लागि अदालतले ७ दिनको म्याद दिएको छ ।

जिल्ला अदालत रौतहटले आलममाथि अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको हो । आलम आइतवार पक्राउ परेका थिए ।


Advertisement

अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले लोकान्तरलाई जानकारी दिए ।

२०६४ सालको चुनावअघि भएको घटनालाई कांग्रेस सांसद आलमले पैसा र पावरको बलमा लुकाउँदै आएका थिए ।

कमेन्ट गर्नुहोस्