चीनको रासायनिक कारखानामा विस्फोट, ४ जनाको मृत्यु

काठमाडौं – चीनको दक्षिणी भागमा एक रासायनिक कारखानामा विस्फोट हुँदा चारजना मारिएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । 

अरू ६ जना घाइते भएको बताइएको छ । घटना ग्वाङ्शी प्रान्तको युलिनमा भएको हो । 


Advertisement

पाँच टन विषालु पदार्थ भएको रियाक्टरका कारण विस्फोट भएको बताइएको छ । 

घटना बिहान सबा ११ बजे भएको सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ । 


Advertisement

विस्फोटका कारण आगो नलागेको स्थानीय अग्निनियन्त्रक निकायले बताएको छ । उसले आठवटा दमकल र ३८ जना अग्निनियन्त्रलाई घटनास्थलमा खटाएको छ । 

विस्फोटको कारणका बारेमा अनुसन्धान भइरहेको छ ।

एजेन्सी

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्