अस्ट्रेलिया र स्पेनका लागि नेपाली राजदूतले लिए शपथ

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतद्वय महेशराज दाहाल र दावा फुटी शेर्पाले आज आआफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।


Advertisement

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत विशिष्ट व्यक्ति उपस्थित थिए ।

यसअघि नेपालको संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा शेर्पालाई स्पेन र दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्