नेकपाको सचिवालय बैठक शुरू, मन्त्रिपरिषद् हेरफेरदेखि नयाँ सभामुख चयनबारे छलफल हुँदै

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी  (नेकपा)को सचिवालय बैठक शुरू भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरू बैठकमा नयाँ सभामुख कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको नेकपा स्रोतले लोकान्तरलाई बतायो । 


Advertisement

प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् हेरफेर गर्नेबारे सचिवालय सदस्यहरूसँग छलफल गर्नुका साथै पार्टीको आगामी रणनीति तय गर्ने छन् ।

बैठकमा पार्टीको बाँकी रहेको एकताको विषयमा समेत छलफल हुनेछ । 

कमेन्ट गर्नुहोस्