फागुन ४, २०८०
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
काठमाडौं –सामान्यतया कुनै घटना वा परिस्थतिका कारण मानिसमा आत्तिने र डर लाग्ने समस्या देखिन्छ ।
तर, कतिपयमा विनाकारण आत्तिने, डराउने, शंका लाग्ने, छटपटी हुनेलगायत समस्या देखिन्छन्, जसलाई एन्जाइटी डिसअर्डर भनिन्छ । यस्ता लक्षणले दैनिकीमा असर पार्ने गर्छ अर्थात् मानिसले आफ्नो काममा ध्यान केन्द्रित गर्न सक्दैन । एन्जाइटी एकप्रकारको सामान्य मानसिक रोग हो । जुन विभिन्न प्रकारको हुने गर्छ । सोसल फोबिया, सेपरेसन, एगोरोफोबिया, प्यानिक डिसअर्डर, जेनरलाइज्ड, कन्र्भजन डिसअर्डर आदि मुख्य हुन् ।
एन्जाइटी डिसअर्डर जुनसुकै उमेर समूहमा हुने गर्छ । तर, वर्किङ एज अर्थात् १५ देखि ३५ वर्षबीचको उमेर समूहका युवा एन्जाइटीबाट बढी प्रभावित हुने गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर झन्डै ३० करोड मानिस यस समस्याबाट ग्रस्त छन् । व्यस्त जीवनशैली, पारिवारिक विघटनलगायत विभिन्न कारणले निम्तिने एक्लोपना, शरीरमा हार्मोनको गडबडी आदि विभिन्न कारणले गर्दा युवावर्गमा एन्जाइटी देखिने गरेको पाइन्छ ।
महिला बढी पीडित
विभिन्न अनुसन्धानका अनुसार एन्जाइटीबाट महिला बढी पीडित हुने गरेको तथ्यांक पाइन्छ । खासगरी समाजमा न्यून सहभागिता, कामको बोझ, एक्लोपना, शरीरमा भइरहने हार्मोनको परिवर्तन आदिका कारण युवतीहरूमा एन्जाइटी भएको पाइन्छ ।
महिनावारीको समयमा एस्ट्रोजन र प्रोस्टोजोनको मात्रामा गडबडी हुने गर्छ, यी हार्मोनले भावनालाई समेत नियन्त्रण राख्ने हुँदा हार्मोनको परिवर्तनका कारण मानसिक असर परिरहेको हुन्छ ।
सामाजिक परिवेश अर्थात् समाजमा महिलाले भोग्ने विभिन्न खालका हिंसाले पनि एन्जाइटी बढाउन भूमिका खेलिरहेको छ । आत्मनिर्भर हुन नसक्नु, आत्मविश्वासको कमीलगायत कारणले पनि एन्जाइटी बढाउन भूमिका खेलेको छ ।
एन्जाइटी डिसअर्डर सामान्य खालको मानसिक समस्या हो । सबैजसो एन्जाइटीमा प्रायः एकैखाले लक्षण देखिन्छन् । मुटुको धड्कन बढ्ने, श्वासप्रश्वास छिटो हुने, आत्तिने, डराउनेलगायत समस्या देखिन्छन् ।
कसरी चिन्ने ?
एन्जाइटी डिसअर्डर सामान्य खालको मानसिक समस्या हो । सबैजसो एन्जाइटीमा एकैखाले लक्षण देखिन्छन् । मुटुको धड्कन बढ्ने, श्वासप्रश्वास छिटो हुने, आत्तिने, डराउनेलगायत समस्या देखिन्छन् ।
श्वास बढ्ने र धड्कनमा परिवर्तन आउने हुँदा अधिकांश व्यक्ति मुटुको समस्या भएको ठानेर आत्तिने गर्छन् ।
निद्रा नलाग्ने वा बीच–बीचमा निद्रा बिथोलिने, शंका गर्ने वा सामान्य परिस्थितिसँग डराउने हुन्छन् ।
कुनै दुर्घटना भएमा पुनः दोहोरिने हो कि भन्ने डर लागिरहने हुन सक्छ । जसलाई पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर पनि भनिन्छ ।
छटपटी हुने, पसिना आउने, आत्तिने, हातखुट्टा काम्ने, टाउको दुुख्ने, पेटमा समस्या देखापर्ने, बेहोस हुनेजस्ता अन्य लक्षण समेत देखिन सक्छन् ।
एन्जाइटी बढ्दै जाँदा काममा ध्यान केन्द्रित गर्न नसक्ने, आत्मविश्वास घट्दै जाने, समूहमा बोल्न डराउने, अरूले आफूलाई हेरिरहेको होला भनेर डराउने, काम गर्दा छिट्टै थाक्ने, कमजोर महसुस हुने, पटक–पटक पिसाब गर्न मन लाग्नेजस्ता समस्या देखिन्छन् ।
कारण
एन्जाइटी वंशाणुगत गुणका कारणले पनि हुने गर्छ । यस्तै, न्युरो केमिकल अर्थात् मस्तिष्कको स्नायुमा हुने गडबडीका कारण पनि एन्जाइटी हुन सक्छ ।
पारिवारिक तनाव, दुर्घटना, कामको बोझ आदि विभिन्न अन्य कारणले पनि एन्जाइटी बढाउन भूमिका खेलिरहेका हुन्छन् ।
अनिद्रा, धूम्रपान, मद्यपानको कुलतमा परेकाहरू एन्जाइटीबाट बढी प्रभावित हुने गर्छन् । यस्तै, मुटुरोग, मधुमेह, थाइराइडको समस्या भएमा पनि एन्जाइटीको समस्या बढ्न सक्छ ।
कसरी बच्ने ?
एन्जाइटी अस्वस्थ जीवनशैलीका कारण हुने गर्छ । स्वस्थ खानपान, पर्याप्त निद्रा, व्यायाम, तनाव व्यवस्थापन आदिको माध्यमबाट एन्जाइटीबाट टाढा रहन सकिन्छ । खासगरी कामको बोझ धेरै हुने व्यक्तिमा एन्जाइटी बढेर जाने जोखिम हुन्छ, त्यस्तो अवस्थामा कामको बोझ घटाउँदै जाने गर्नुपर्छ ।
धूम्रपान, मद्यपान र लागुऔषधको कुलतबाट टाढा रहनुपर्छ । नकारात्मक भावना आउन नदिन योग, ध्यान र एक्सरसाइज गर्न सकिन्छ ।
एन्जाइटी सामान्य खालको मानसिक रोग भए पनि उपचार वा नियन्त्रणमा ध्यान नदिँदा दैनिकीमा असर पर्न थाल्छ । त्यसैले अनावश्यक रूपमा आत्तिने, डराउने, नकारात्मक भावना आउने, निद्रा नलाग्नेजस्ता लक्षण देखापरेमा सम्बन्धित चिकित्सकको सल्लाह लिनुपर्छ ।
एन्जाइटी साइकोथेरापी, औषधि र मनोपरामर्शबाट निको पार्न सकिन्छ । नेपालगन्ज मेडिकल कलेजका एसोसिएट प्रोफेसर, मानसिकरोग विशेषज्ञ डा. तनवीर अहमद खानकाे यो लेख नयाँ पत्रिकाले छापेकाे छ ।
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...