मन्त्रिमण्डल हेरफेरको चर्चा : प्रधानमन्त्रीबाहेक कसैलाई थाहा नहुने वामदेवको टिप्पणी

फाइल फोटो

काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले मन्त्रिमण्डल पुनर्गठनको विषय प्रधानमन्त्रीको अधिकारक्षेत्रभित्र रहेकाले बाहिर कसैलाई थाहा नहुने बताएका छन् ।

बुधवार नेकपाले राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको चियापान समारोहमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गौतमले मन्त्रिमण्डल परिवर्तन गर्ने विषय प्रधानमन्त्रीलाई बाहेक अन्यलाई थाहा नहुने बताएका हुन् ।


Advertisement

केही दिनयता राजनीतिक वृत्तमा मन्त्रिमण्डल हेरफेर हुने चर्चा चुलिएको छ । यसबारेमा पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच पटक–पटक छलफल पनि भइसकेको छ ।

बुधवार बिहान बसेको नेकपाको सचिवालय बैठकमा उपस्थित सचिवालय सदस्यहरूबीच मन्त्रिमण्डल हेरफेरका विषयमा अनौपचारिक रूपमा चर्चा भएको स्रोतको दाबी छ ।

कमेन्ट गर्नुहोस्