एउटाका नाममा अर्कैको मिर्गौला झिकेर बेचेको आरोपमा निदान अस्पतालका सीईओसहित ५ जना पक्राउ

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

काठमाडौं – एउटाको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकी बिक्री वितरण गरेको आरोपमा ललितपुरको पुल्चोकस्थित निदान अस्पतालका सीईओसहित ५ जना पक्राउ परेका छन् ।

निदान अस्पतालका सीईओ विपेन्द्र प्रधान,अस्पतालका कानूनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान व्यूरोका प्रवक्ता एसपी गोविन्दप्रसाद थपलियाले जानकारी दिए ।


Advertisement

थपलियाका अनुसार उनीहरूलाई व्यूरोमै बोलाएर नियन्त्रणमा लिइएको हो । 

उक्त अस्पतालमा अन्य ४ वटा यस्तै कारोवार समेत भएको प्रारम्भिक अनुसन्धानमा देखिएकाले थप अनुसन्धान भइरहेको थपलियाले लोकान्तरसँग बताए ।

कमेन्ट गर्नुहोस्