कात्तिक २१, २०८०
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा चीनका राष्ट्रपति शी चिनफिङबीच महाबलीपुरममा भएको अनौपचारिक शिखरवार्तामा इन्डो–प्यासिफिक र बीआरआईको चर्चा भएको छ ।
शीले मोदीलाई पेटी सडक पहलको मेरिटाइम सिल्क रूटमा भारतको प्रवेश हुनुपर्ने सुझाव दिँदा मोदीले शीलाई चेन्नई र चिनियाँ समुद्री बन्दरगाहबीच मेरिटाइम कनेक्टिभिटीमार्फत भारतको इन्डो–प्यासिफिक भिजनमा संलग्न हुने सुझाव दिए ।
उक्त शिखर सम्मेलन टुंगिएपछि भारतले निकालेको वक्तव्यमा चीनले यसअघि देखाउने गरेको आक्रामक दृष्टिकोणलाई परिवर्तन गर्ने तथा बीआरआईलाई सन्तुलनमा ल्याउने सन्दर्भमा भारतको सुझाव आएको हो । बीआरआई वर्तमान विश्व व्यवस्थालाई चुनौती दिने चीनको भव्य रणनीति हो भन्ने धेरैको बुझाइ छ । ‘दुवै नेताले अन्तर्राष्ट्रिय परिस्थितिमा उल्लेख्य परिवर्तन आइरहेको समान दृष्टिकोण प्रस्तुत गरेका छन् ।
नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाभित्र रही सबै देशले विकास गर्ने हिसाबमा शान्तिपूर्ण, सुरक्षित र समृद्ध विश्वका लागि काम गर्ने साझ उद्देश्य भारत र चीनले लिएका छन्,’ भारतको विदेश मन्त्रालयले शिखर सम्मेलनपछि जारी गरेको वक्तव्यमा लेखेको छ । सम्मेलनमा शीले (भारतको संवेदनशीलतालाई विचार गर्दै) बीआरआईको कुरा सीधै उठाएनन् तर चेन्नई–चीन सम्पर्कमार्फत मेरिटाइम सिल्क रोडको नयाँ अध्याय लेख्न आग्रह गरे । तर भारतले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको अनुसरण गर्नुपर्ने तथा चेन्नई–चीन सम्पर्कलाई दिल्लीको इन्डो–प्यासिफिक भिजनअन्तर्गत रही अघि बढाउनुपर्ने बताएको छ ।
चीन–पाकिस्तान आर्थिक कोरिडोरका कारण भारतले बीआरआईको विरोध गरिरहेको हो । विशाल बीआरआई पहलको सबभन्दा महत्त्वपूर्ण उक्त परियोजना पाकिस्तानअधीनस्थ कश्मीर भएर जान्छ । यसबाहेक भारतले बीआरआई परियोजनाको लगानीमा पारदर्शिता नभएको भनी चिन्ता व्यक्त गरेको छ ।
उक्त लगानीका कारण परियोजना सञ्चालन गर्ने देशहरू ऋणजालोमा फसेको भारतको आरोप छ । भारतले बेइजिङमा भएका बीआरआई शिखर सम्मेलनहरूमा सहभागिता जनाएको थिएन । भारत र चीनले चेन्नई–चीन मेरिटाइम कनेक्टिभिटीलाई चेन्नई–भ्लादिभोस्तोक जलमार्ग सम्पर्ककै अनुसार अघि बढाउनका लाथि विचार गरेको बुझिएको छ । (उक्त सम्पर्क सोभियत संघको पतन भएपछि टुटाइएको थियो र त्यसलाई अहिले फेरि ब्युँताइदैछ र त्यो इन्डो–प्यासिफिक क्षेत्रमा भारत–रुस साझेदारीको एक महत्त्वपूर्ण अवयव हुनेछ ।)
शीले सम्मेलनका दौरान भारत र चीनबीचको कनेक्टिभिटी कोरिडोर वा सञ्जालको आवश्यकता औंल्याएको बुझिएको छ । तर उनले कुनै बहालवाला वा प्रस्तावित परियोजना तोकेनन् । चीनले प्रस्तावित बंगलादेश–चीन–भारत–म्यान्मार (बीसीआईएम) कोरिडोरलाई बीआरआईको प्रभावक्षेत्रबाट बाहिर पार्ने निर्णय लिएपछि भारत त्यसप्रति सकारात्मक बनेको बुझिएको छ ।
द टाइम्स अफ इन्डियाबाट
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...