कात्तिक १७, २०८०
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
स्याङ्जा –स–सानो पूँजी जम्मा गरेर सहकार्यका माध्यामबाट आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएका सहकारीबाटै तिनका सदस्य ठगिएको पाइएको छ ।
वालिङस्थित गतिशील महिला बहुउद्देश्यीय सहकारीले आफूसँग बढी पैसा लिएर ठगी गरेको भन्दै एक महिलाले वालिङ नगरपालिकामा निवेदन दिएपछि सहकारीले सेवाग्राहीसँग बढी रकम लिएको तथ्य बाहिर आएको हो ।
उक्त नगरपालिका– १० की सरिता उपाध्यायले सो सहकारीबाट एक वर्ष पहिले रु ६० लाख ऋण लिएकोमा अहिले उक्त रकमको साँवा र ब्याज बुझाएर खाता बन्द गर्न खोज्दा रु ८४ हजार ५०० लिएको उनको गुनासो थियो ।
उपाध्यायले भनिन्, 'मैले सहकारीबाट निकालेको रकमको साँवाब्याज सबै बुझाएर खाता बन्द गर्छुभन्दा पनि सुख पाइन । मैले अन्य बैंकबाट सस्तो ब्याजदरमा पैसा पाएपछि साँवा, ब्याज र सेवा शुल्कसमेतको रकम तिरिसकेपछि सहकारीले आफूसँग बढी रकम लिएको छ ।'
सरिताले घर निर्माणका साथै अन्य कारोवारका लागि जग्गा सहकारीमा राखेर ऋण माग्दा संस्थाकी अध्यक्ष कविता गैह्रेले एउटै व्यक्तिका नाममा रु ६० लाख दिन नमिल्ने बताएकीले आफूले आफ्नो, बुहारी र देउरानीका नाममा रु ३० हजारका दरले रु ९० हजारको तीन वटा शेयर राखेर रु ६० लाख लिएको र शुरुको तीन÷चार महीना मासिक १८ प्रतिशतका दरले ब्याज बुझाएकी थिएँ ।
ऋण लिएपछि पहिला १७ प्रतिशत र अन्तिममा १६ प्रतिशतका दरले ब्याज बुझाउँदै आएकामा सहकारीले तीनैजना शेयर सदस्यको र घरकोसमेत बीमा गर्नुपर्ने भन्दै बीमाबापतको रु ३२ हजारसमेत लिएकाले आफू अन्यायमा परेको भन्दै गुनासो गर्दा कतै पनि सुनुवाइ नभएको उनको गुनासो थियो ।
जिल्ला सहकारी सङ्घका अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारीले ब्याज र नवीकरण शुल्कबाहेक अन्य कुनै पनि शुल्क लिन नमिल्ने र योभन्दा अन्य शीर्षकमा रकम लिनु भनेको ठगी गर्नु हो भने।
यसबारे संस्थाकी अध्यक्ष गैह्रेसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । वालिङ नगरपालिका सहकारी शाखा प्रमुख खुमाकान्त अर्यालले सो विषयमा नगरपालिकाको न्यायिक समितिमा निवेदन परेको र संस्था तथा शेयर सदस्यबीचको आन्तरिक कुरा भएकाले एकापसमा बसेर विवाद मिलाउन भनिएको बताए।
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...