निष्ठुरी आमा : एक महिने बालकलाई बेस्सरी कुटपिट गरेर घरमा छोडी गइन् डेटिङमा

काठमाडौं – युक्रेनको पश्चिमतिर रहेको रिभ्ने शहरमा एक किशोरी आमाले आफ्नो एक महिने शिशुलाई कुटपिट गरेर एक्लै छोडी डेटिङमा गएको घटना सार्वजनिक भएको छ । 

एक महिने बालक मीकीताको जिउभरि नीलडाम र मरणासन्न अवस्थामा पाइएको थियो । 


Advertisement

त्यस्तो अवस्थाको शिशु देख्ने एक बालक बेहोश भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । 

समाचारहरूका अनुसार, मीकीता र उनकी १९ वर्षीया आमा होस्टेलमा बस्ने गर्थे । 

मंगलवार नाम नखुलाइएकी ती आमाले बच्चालाई एक्लै छाडेर डेटिङमा गएकी थिइन् । 

उनी दिनभरि गायब थिइन् र उनका छिमेकीहरू मीकीता कोठामा एक्लै भएको थाहा पाएर चिन्ता लिँदै हेर्न गएका थिए ।

छिमेकी टेटियाना प्रीमाकले स्थानीय सञ्चारमाध्यमलाई बताइन्, ‘हामी कोठामा पस्दा मीकीता कोक्रोमा थियो । उसको दाहिने आँखामा कालो दाग थियो । उसको नाक सुकेको रगतले थुनिएको थियो र बल्लबल्ल सास फेरिरहेको थियो । हामीले उसको कपडा फेरिदिँदा जिउभरि नीलडाम देख्यौं ।’
त्यसपछि छिमेकीहरूले एम्बुलेन्स र प्रहरी बोलाएका थिए । मीकीतालाई सघन उपचारमा दौडाइएको थियो र उसको स्थिति गम्भीर छ । चिकित्सकहरू उसको ज्यान जोगाउन संघर्षरत छन् । 

शिशुको खप्परमा चोट लागेको चिकित्सकहरूको अनुमान छ तर उसको स्थिति अत्यन्तै गम्भीर हुनाले परीक्षण गर्न उनीहरू असमर्थ छन् । 

आमा चाहिँ घर फर्केपछि प्रहरीले पक्राउ गरेर सोधपुछका लागि चौकी लगेको छ । 

बच्चा रोएकै रोयै गरेको भएर कुटपिट गरेको उनले बताइन् । उनलाई ज्यान मार्ने प्रयास गरेको आरोपमा अनुसन्धान गरिँदैछ ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्