कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
रुपन्देही – वर्षाबासमा बसेका भिक्षुलाई लुम्बिनीमा आज कठिन दान गरिएको छ ।
बौद्ध परम्पराअनुसार राजकीय बुद्ध विहारमा आयोजित पवित्र कथिन (कठिन) उत्सवका अवसरमा भिक्षुसङ्घलाई कथिन चीवर दान, अष्टपरिष्कार दान गरिएको हो ।
तीन महीना वर्षाबासमा बसेका भिक्षुका लागि गरिने कठिन दानका लागि दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । पोखराका दाता पानश्री गुरुङ परिवारको आर्थिक सहयोगमा आयोजना गरिएको कठिन उत्सवका अवसरमा दान पुण्य गरिएको हो ।
लुम्बिनीको राजकीय बुद्ध विहारमा तीन महीना वर्षाबासमा बस्नुभएका भिक्षु सागर धम्मलगायत विभिन्न क्षेत्रका भिक्षुलाई लक्षित गरी बौद्ध परम्पराअनुसार कथिन चिबर दान, अष्टपरिष्कार दान गरिएको थियो ।
भिक्षुले लगाउने पहेंलो बस्त्र (चीवर) र भिक्षापात्रलाई चिवर दान भनिन्छ । अष्ट परिष्कारमा भिक्षुका लागि आवश्यक दाह्री–कपाल खौरने सामान, भित्री–बाहिरी कपडा, सियो–धागोलगायत आठ सामग्री हुन्छन् । अनुशासित र नियमपूर्वक तीनमहीने वर्षाबास बस्ने भिक्षुलाई चीवर र भिक्षा पात्र प्रदान गरिन्छ ।
कठिन उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले बुद्ध जन्मस्थलमा धार्मिक गतिविधि बढ्दै गएको बताए । उनले बुद्धको शिक्षा र दर्शनको प्रचार गरी सबै नागरिकलाई असल मार्गमा हिँडाउन जरुरी रहेको बताए ।
धर्मदेशना गर्दै अन्तर्राष्ट्रिय परियत्ती उदय विहार रुपन्देहीका प्रमुख भिक्षु ज्ञानेन्द्रले कठिन उत्सव धार्मिक उत्सव भएकाले यसमा सहभागी हुँदा भिक्षुमा शिल समाधि र प्रज्ञाको विकास हुने र नागरिकमा दान, शिल र भावनाको विकास हुने बताए । उनले एक वर्षमा एक दिन एकपटक मात्रै वर्षबासमा बसेका भिक्षुलाई लगाउने बस्त्रसहितका सामग्री दिन सकिने परम्परा भएकाले यसलाइ कठिन दान भनिएको जानकारी गराए ।
कार्यक्रममा राजकीय बुद्ध विहारका प्रमुख भिक्षु सागर धम्मले लुम्बिनीमा धार्मिक गतिविधि बढाएर बुद्धमय वातावरण निर्माण गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा बौद्ध शिक्षाको विकासमा योगदान पुर्याएको भन्दै यानमती गुरुआमा, वर्षवास कार्यक्रमका संयोजक राजकुमारी गुरुङ, बौद्ध महिला समितिका सचिव कल्पना हरिजन, समाजसेवी रामलखन हरिजन, बौद्ध उपासक देव शाक्य र दातालाई सम्मान गरिएको थियो ।
कार्यक्रमअघि लुम्बिनीको महिलवार बजारबाट बृहत् झाँकीसहितको शोभायात्रा निकालिएको थियो ।
र्यालीमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख, उपप्रमुख, लुम्बिनी विकास कोष, वडा प्रतिनिधि, लुम्बिनी बौद्ध महिला समिति, युवा समिति, थारु बौद्ध समिति, लुम्बिनी होटल एशोशिएसन, जनपथ र सशस्त्र र दङ्गा प्रहरीलगायत विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहेको थियो ।
कठिन उत्सवअन्तर्गत बुधबार राजकीय बुद्ध विहारमा भिक्षुसङ्घबाट परित्राण पाठ तथा बुद्ध पूजा गरिएको थियो । प्रत्येक असार महीना पूर्णिमादेखि असोज पूर्णिमा तीन महीनासम्म थेरवाद भिक्षु वर्षाबास बस्ने परम्परा छ ।
वर्षाका कारण चारैतिर पानी पर्ने, जमिनभित्रका जीव र किरा जमिन बाहिर निस्कने हुँदा बाहिर हिँडडुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले भिक्षु तथा गुरुआमा वर्षाबास बस्ने गर्दछन् ।
बुद्ध जन्मस्थल लुम्बिनीमा पनि विभिन्न विहारमा भिक्षु वर्षाबास बसेका थिए ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...