फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
असोज ३०, २०७६
जनकपुरधाम – २०६४ साल चैत २८ गते ऐतिहासिक संविधान सभाको पहिलो चुनाव थियो । रौतहटबाट नेपाली कांग्रेसका आफ्ताब आलम पनि चुनाव लडेका थिए ।
मन्त्री समेत बनिसकेका सांसद आलम तिनै व्यक्ति हुन्, जो अहिले प्रहरी हिरासतमा छन् ।
आलमकै गाउँनजिक रहेको साबिक सरुठवा गाविस वडा नम्बर २ तथा हाल यमुनामाई गाउँपालिका वडा नम्बर ४ का श्रीनारायण सिंह नेपाली कांग्रेसमै लागेका थिए ।
सिंह त्यतिबेला कांग्रेसको क्रियाशील सदस्य थिए ।
चैत १८ गते उनी खेतमा गहुँको बाली कटाउनका लागि गएका थिए ।
साँझतिर घर फर्के । श्रीमती कमलाले छोरा पिन्टुलाई चुनाव प्रचारका लागि आलमका मान्छेले लगेको बताइन् ।
घरमा पिन्टु भनेर बोलाउने गरेपनि वास्तविक नाम भने त्रिलोकप्रताप सिंह हो । पिन्टु त्यतिबेला २२ वर्षका थिए । बिहे भएको थिएन ।
आफ्नै पार्टीको नेताले चुनाव प्रचारमा लगेको भनेपछि श्रीनारायणले खासै चासो दिएनन् ।
चैत्र २७ गते साँझ अचानक बम विस्फोटको आवाज सुनियो । उनलाई के थाहा, त्यही आवाजसँगै आफ्नो मुटुको टुक्रा चुडिँदैछ ।
‘बम विस्फोटको आवाज यति ठूलो थियो कि मेरो गाउँमा पनि सुनियो, छेउका अन्य गाउँहरूमा पनि सुनियो,’ उमेरले अहिले ८० वर्ष पुगिसकेका श्रीनारायणले त्यो कहालीलाग्दो क्षणबारे लोकान्तरसँग भने, ‘राजपुरमा भएको त्यो विस्फोट मेरो गाउँ सरुठवा र बीचको गाउँ फतवा पनि त्यत्तिकै सुनियो ।’
आफ्ताब आलमको काका शेष इद्रिशको घरमा बम विस्फोट भएको कुरा उनले पछि मात्र थाहा पाए । घटना भएको भोलिपल्ट २८ गते संविधान सभाको चुनाव थियो ।
देश ऐतिहासिक क्षणमा रमाइरहँदा श्रीनाराणको परिवारमा सोच्दै नसोचेको बज्रपात पर्यो । आफ्नो प्यारो छोरा पिन्टुको मृत्युको खबर उनले आफन्तबाट पाए ।
घटनामा उनकै गाउँ साबिक वडा नम्बर ९ तथा हाल यमुनामाई गाउँपालिका वडा नम्बर ४ का ओशी अख्तर पनि मारिएको जानकारी पनि उनले पाए ।
बज्रपात यति ठूलो थियो कि उनी सम्हालिनै सकेनन् ।
‘५ दिनसम्म त हामीले दानापानी नै लिएनौं,’ भक्कानिँदै उनले पीडा बिसाए ।
घटना भएको ८ दिनपछि उनी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगे ।
‘जसोतसो होश गरेर जाहेरी लिई जिल्ला प्रहरी कार्यालय रौतहट पुगेका थियौं तर, तत्कालीन एसपी लक्ष्मण न्यौपानेले जाहेरी दर्ता नै गरेनन् । अनि हुलाकमार्फत पनि जाहेरी पठाइयो, तर दर्ता भएन,’ उनले भने ।
जाहेरी एसपी न्यौपानेले थन्क्याएर राखेको सिंह बताउँछन् ।
तत्कालीन एसपी न्यौपाने तिनै व्यक्ति हुन्, जसलाई एसएसपी रहँदा बहुचर्चित टीकापुर घटनामा थारू आन्दोलनकारीले भाला रोपेर सडकमै हत्या गरेका थिए ।
टीकापुरमा न्यौपानेका अलावा ७ प्रहरी र एक बालकको पनि हत्या भएको थियो ।
रौतहटमा केही नचलेपछि वैशाख १८ गते सिंह काठमाडौं पुगे ।
त्यहाँ उनले नेपाल बार एसोसिएसन, राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को कार्यालयमा पुगेर घटनाबारे जानकारी दिए ।
तीनवटै संस्थाले स्थलगत अनुगमन गरे । काठमाडौंबाट उक्त टोली आउँदा भने एसपी न्यौपानेले टोलीको सुरक्षाका लागि केही प्रहरी साथ लगाएका थिए ।
विस्फोट भएको घर लामो र दक्षिणतर्फ मोहोडा भएको थियो । छानो खपडाको थियो ।
विस्फोटको कारण घरको छानो उडेछ । बमको छर्रा यत्रतत्र छरिएको थियो ।
शुरूमा आफ्नो छोरा बम विस्फोटमै मारिएको होला भन्ठानेका श्रीनारायण त्यतिबेला थप स्तब्ध बने जतिबेला आफ्नो छोरालाई विषको इन्जेक्सन दिएर इँटाभट्टामा खरानी बनाइएको थाहा भयो ।
‘त्यहाँ जाँदा मात्र थाहा भयो कि मेरो छोरा त त्यस घटनामा सामान्य घाइते मात्र भएको रहेछ । देख्नेहरूका अनुसार ऊ घरको अगाडि रहेको खलिहानमा रहेछ । बमको छर्राले लागेर सामान्य घाइते भएछ । घाइते भएपछि घर फर्किन लाग्दा त्यहीँका मान्छेले यहीँ उपचार भइहाल्छ भनेर रोकेछन्, अनि स्लाइन पानीको बोत्तलमा विष राखेर इञ्जेक्सन दिई बेहोश पारेर इँटाभट्टामा हालेछन् ।।’
उक्त घटनामा आलमले हत्या गरेकामा त्रिलोकसहित २ जना नेपाली भएको खुलेको छ ।
चुनावमा बूथ कब्जा गर्न बम बनाउँदा विस्फोट भई घाइते भएका भारतीय मूलका २० जनालाई समेत बेहोश पारेर आलमले ट्रयाक्टरमा राखी आफ्नै इँटा भट्टाको चिम्नीमा पोलेर हत्या गरेका थिए ।
‘इँटाभट्टाको चिम्नीमा जुन ठाउँबाट दाउरा हालिन्छ, त्यही ठाउँबाट जिउँदै मानिसलाई हाल्न गाह्रो भएपछि हातखुट्टा काटेर भट्टीमा फालेछन्,’ उनले सुनाए ।
चुनावको अघिल्लो दिन भएको विस्फोटको घटना सार्वजनिक भए चुनाव रोकिने र आफू पराजित हुनसक्ने भएकाले घटना लुकाउन उनले घाइतेहरूलाई जिउँदै इँटाभट्टामा हालेर खरानी बनाएका थिए ।
संविधान सभाको चुनाव जितेपछि आलमले तत्कालीन एसपी न्यौपानेदेखि सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्तासम्मलाई प्रभावमा पारेर मुद्दा दर्ता नगरिदिन चलखेल गरे ।
त्यसपछि पीडित परिवार सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगे ।
‘हामीले इन्साफका लागि सर्वोच्च अदालतामा मुद्दा हाल्यौं । सर्वोच्चका न्यायाधीश सुशीला कार्कीको इजलासले हाम्रो मागअनुसार जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयको नाममा आदेश दियो ।’
सर्वोच्चको आदेशपछि पनि जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गर्न कुनै चासो दिएन । घटनाको अनुसन्धान अघि नै बढेन ।
पछि अदालतको फैसला कार्यान्वयनसम्बन्धी अर्को मुद्दा दिएपछि मात्र अनुसन्धान अघि बढेको सिंह बताउँछन् । अहिले एसपी भूपेन्द्र खत्रीले हत्याका मुख्यआरोपी आलमलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छन् ।
सिंहले आफ्ताब आलम, उनका भाइ मह्ताब आलम र भदै शेषको नाममा किटानी जाहेरी दिएको बताए । तर, अर्का मृतक वशी अख्तरकी श्रीमती रुक्साना खातुनले समेत अन्य ३ जनासहित कुल ६ जनाविरुद्ध जाहेरी दिएको उनले जानकारी दिए ।
जाहेरी दिने रुक्साना खातुनको समेत आलमकै मान्छेले हत्या गरेको सिंह बताउँछन् ।
‘माइतीबाट गाउँ फर्किंदै गरेका बेला उखुबारीमा लुकेर बसेका अपराधीहरूले गोली प्रहार गरेर रुक्सानाको हत्या गरेका थिए, हामी पनि असुरक्षित छौं,’ उनले भने ।
आफूहरूलाई विभिन्न प्रलोभन र धाकधम्की दिइएको उनी बताउँछन् ।
‘घटना भएकै बेला केही खेत र २ लाख रुपैयाँ दिन्छु भनेर प्रलोभन दिएका थिए, पछि आएर १० देखि २० लाख रुपैयाँसम्मको प्रलोभन दिए,’ उनले भने ।
आलम पक्राउ परेपनि उनका आफन्तले अप्रत्यक्ष रूपमा धम्की दिन नछाडेको सिंह बताउँछन् ।
‘पैसा चाहिएन, आफ्नो छोराको हत्याराले सजाय पाउनुपर्छ’ भन्नेमा अडिग छन् उनी ।
‘रौतहट टाइगर’ भनेर चिनिन्छन् आलम !
२२ जना व्यक्तिलाई विष सहितको इञ्जेक्सन लगाएर बेहोश बनाई जिउँदै इँटाभट्टाको चिम्नीमा पोलेर हत्या गर्ने आलम ‘रौतहट टाइगर’ भनेर जिल्लामा परिचित छन् ।
उनका अनुसार आलमको घर र आसपासमा जहिले पनि २०/२५ जनासम्म गुण्डा तैनाथ रहन्छन्, खोज्न जानै पर्दैन ।
कम्तिमा पनि आलमलाई जमानत नहोस् भन्ने माग नेपाल सरकारसँग रहेको सिंहको भनाइ छ ।
‘पटक–पटक मन्त्री समेत भइसकेको व्यक्ति हो, धरौटीमा छुटे हामीलाई पनि छाड्दैन,’ सिंहले डराउँदै भने ।
मानिसलाई जिउँदै इँटाभट्टामा पोलेर मार्ने अपराधीलाई खुला स्थानमा फाँसी दिएर मार्नुपर्ने उनको माग छ ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...