अमेरिकामा चिनियाँ कूटनीतिज्ञलाई व्यापक कडाइ, निगरानी बढाइयो

चीनसँग व्यापार युद्ध जारी रहेको बेला अमेरिकाले आफ्नो देशमा रहने चिनियाँ कूटनीतिज्ञको निगरानी बढाएको छ । 
अमेरिकी सरकारको पछिल्लो निर्णयअनुसार वासिंटनमा रहने चिनियाँ कूटनीतिज्ञले अमेरिकी अधिकारीसँग कुनै भेटवार्ता गर्नुअघि अमेरिकी सरकारलाई जानकारी गराउनुपर्नेछ । 
अमेरिकी विदेश मन्त्रालयका अनुसार विद्यालय तथा विश्वविद्यालयलगायत शैक्षिक वा अनुसन्धान संस्था भ्रमण गर्नुअघि पनि चिनियाँ कूटनीतिज्ञले अमेरिकी अधिकारीसमक्ष दरखास्त दिनुपर्नेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।  
 


Advertisement

कमेन्ट गर्नुहोस्