×

NMB BANK
NIC ASIA

अर्को वर्ष हिउँदमा वाग्मतीमा बग्नेछ स्वच्छ पानी

कात्तिक २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

    
काठमाडौँ । उपत्यकाको सभ्यताको स्रोत वाग्मतीमा हिउँदमा पनि स्वच्छ पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको धापमा निर्माण शुरु गरिएको बाँधको ७५ प्रतिशत काम सम्पन्न भएको छ । 

Muktinath Bank

एशियाली विकास बैंकको करीब रु ५१ करोड ऋण सहयोगमा निर्माण भइरहेको बाँध आगामी वैशाख पहिलो सातामा सकिने गरी काम भइरहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । २४ मिटर उचाइको बाँधमा वर्षाद्मा परेको पानी जम्मा गरिने छ । निर्माण सम्पन्न भएपछि आगामी वर्षाद्मै बाँधमा पानी सङ्कलन शुरु गरिने छ । लगत्तै परीक्षण पनि गरिने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 वर्षाद्मा जम्मा गरिएको पानी अर्को वर्ष हिउँदमै वाग्मतीमा बगाउने गरी तयारी शुरु भएको समितिका आयोजना प्रमुख लीलाप्रसाद ढकालले बताए ।  “तीन महीनाभित्रमा गोकर्णबाट पशुपतिनाथसम्मको वाग्मतीको पानीलाई हातले चलाउन सकिने बनाउने गरी समिति लागिपरेको छ, साप्ताहिक रुपमा भइरहेको वाग्मती सफाइ महाअभियानलाई पनि थप प्रभावकारी रुपमा अघि बढाइनेछ”, उनले भने । 


Advertisment
Nabil box
Kumari

आयोजना प्रमुख ढकालसहितको समितिका प्राविधिकको समूहले आज बाँध निर्माणस्थलको स्थलगत अनुगमनसमेत गरेको छ । बाँध निर्माणसँगै वाग्मती सौन्दर्यीकरणमा रोकिएको काम पनि शुरु गर्ने पहल भइरहेको अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य माला खरेलले बताइन् । 

Vianet communication
Laxmi Bank

 गोकर्णेश्वर नगरपालिका–१ स्थित धापमा बनिरहेको बाँधमा आकाशेपानी जम्मा गरी आगामी वर्षको हिउँददेखि प्रतिसेकेण्ड ४० लिटर पानी वाग्मतीमा बगाइने भएको छ । बाँधमा आठ लाख ५० हजार क्युविक लिटर पानी अटाउँछ । बाँध भरिन चार वर्ष लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । 

 बाँध निर्माण सिँचाइ विभागको ठेक्कामा गुञ्जाउ–लामा–रमण जेभीले गरिरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x