करीब १० कट्ठामा लगाइएको गाँजाखेती प्रहरीद्वारा नष्ट

प्रतिकात्मक तस्वीर

सिरहा – सिरहाको गोलबजार नगरपालिका–१० मा स्थानीयवासीले व्यावसायिक रूपमा गरेको गाँजाखेती प्रहरी टोलीले नष्ट गरेको छ ।

व्यावसायिक रुपमा गाँजा खेती हुने गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले स्थानीयवासीले करीब १० कठ्ठा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरेको हो । 


Advertisement

अवैध रूपमा लगाइएको करीब आठ हजार ५०० गाँजाको बोट फँडानी गरी नष्ट गरिएको प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिए ।

गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागूऔषध नियन्त्रण ऐनअनुसार कारबाही गरिने समेत प्रहरी उपरीक्षक चतुर्वेदीले बताए ।

कमेन्ट गर्नुहोस्