कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं –  नेपाली बजारमा सोमवार सुनको भाउ स्थिर भएको छ ।

सोमवार छापावाल सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतवार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो । 


Advertisement

सोमवार तेजावी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

महासंघका अनुसार, सोमवार चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

कमेन्ट गर्नुहोस्