थप सात स्थानमा सुरुङमार्ग

फाइल तस्वीर

काठमाडौं –  नेपालको पहिलो सुरुङमार्ग निर्माणको सुरुवातसँगै मुलुकको विकास नयाँ युगमा प्रवेश गरेको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले थप सात स्थानमा सुरुङमार्ग निर्माणका लागि अध्ययन भइरहेको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सुरुङमार्ग निर्माणको शिलान्याससँगै नेपाल विकास निर्माणमा प्रविधिका हिसाबले नयाँ उचाइमा उठेको बताए ।


Advertisement

प्रधानमन्त्री ओलीले काठमाडौंको नागढुंगाबाट धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गलगत्तै टोखाबाट छहरे र बेत्रावतीबाट स्याफ्रुबेंसीलगायत सुरुङमार्ग पनि अध्ययनका क्रममा रहेको बताए । उनले भने,'अब सुरुङमार्ग निर्माणको युग सुरु भएको छ, कहाँकहाँ सुरुङमार्ग निर्माण गर्न सकिन्छ भनी सम्भाव्यता अध्ययन भइरहेको छ ।'

दुई इन्टरचेन्ज(फ्लाइओभर) ब्रिजसहित निर्माण हुने सुरुङमार्ग तथा एप्रोच सडक समयमै पूरा हुने प्रधानमन्त्रीको विश्वास छ ।

नेपाली निर्माण कम्पनीले काम गर्दा ढिलाइ भएजस्तो मित्रराष्ट्रका कम्पनीले गरेका काममा नहुने उनको विश्वास थियो । नेपाल भ्रमण वर्षअगावै नागढुंगा–कलंकी सडक बनाइसक्न पनि प्रधानमन्त्री ओलीले सरोकारवाला निकायसँग आग्रह गरे । कारोबार दैनिकमा खबर छ । 

कमेन्ट गर्नुहोस्