कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
सन् १९९० को दशकमा सोभियत संघको विघटनलाई एकथरी विश्लेषकहरूले सोभियत शीतयुद्धको अन्त्यका रूपमा मात्र विश्लेषण गरेका थिए । त्यतिबेलाका एक चर्चित विश्लेषक फ्रान्सिस फुकुयामाले त आफ्नो प्रसिद्ध पुस्तक ‘दी एन्ड अफ हिस्ट्री’ मा ‘इतिहासकै अन्त्य’को घोषणा गरिदिएका थिए । अनि यसका अतिरिक्त उनले त्यतिबेला ‘अब एकीकृत भविष्यको विश्व रचनाको आरम्भ भइसकेको’ पनि भनेका थिए । तर उनको यो भविष्यवाणी लामो समयसम्म कायम रहन बिल्कुलै सकेन । आफ्नो अर्को पुस्तक प्रकाशन गर्दै गर्दा छोटो समयमा नै उनले के भन्नुपरेको थियो भने ‘सभ्यताहरूलाई राष्ट्र र तिनका निवासीहरूले भिन्नाभिन्नै तुल्याउँदछन् र भिन्नभिन्न देशका निवासीमाथि एकै किसिमका नियम कानूनहरू थोपर्न सकिँदैन’ ।
हामीले वर्तमान अवस्थामा बेलायतको सन्दर्भमा फ्रान्सिस फुकुयामाको यस वक्तव्यको परिप्रेक्ष्यलाई हेर्यौं भने त्यसले अझ बढी आश्चर्यचकित तुल्याउँदछ । बेलायतको कुरा किन उल्लेख गरिएको हो भने विगतमा उक्त देशको साम्राज्यमा कुनै बेला सूर्यास्त नै हुँदैनथ्यो । उसको यस्तो स्थिति झण्डै २०० वर्षसम्म निरन्तर चल्यो । त्यस कालखण्डमा उसले आफ्ना विकसित यन्त्र र संयन्त्रहरूको सहाराले आफूद्वारा शासित औपनिवेशिक राष्ट्रहरूको अर्थव्यवस्थालाई जबर्जस्त शोषण गरी कंगालीको खाडलमा जाकिदिएको मात्र थिएन, ती औपनिवेशिक देशहरूमाथि पनि अमरबेली लहरा जस्तै छाइरहने अर्थात् शोषणका दाह«ा नंग्रा सबैतिर फैलाइरहने काम गरिरहेको थियो । राष्ट्रमण्डलको रूपमा अहिले पनि त्यसको अवशेष अर्थात् बाँकी छायाँ कायमै रहेको देखिन्छ ।
विगतको यस्तो अनुभव बोकेको बेलायतले पोल्यान्ड र लिथुआनियाबाट आएका मानिसले बेलायतीहरूको रोजगारी खोसिरहेको र अन्य किसिमका समस्याहरू पनि बढाइरहेको भन्ने जिकिर गर्दै युरोपेली संघबाट अलग्गिने निर्णय लिएको छ । पोल्यान्ड, लिथुआनिया र अन्य देशबाट बेलायत छिरेका मनिसको संख्या यतिबेला करीब ३० लाख छ । अनि बेलायतको जनसंख्या भने अहिले साढे छ करोड छ । यति हुँदा हुँदै पनि बाहिरबाट आएका मानिसमाथि बेलायतको संस्कृतिमाथि नराम्रो प्रभाव पारिरहेको आरोप छ । यस्ता शिकायत र गुनासाहरू बेलायतीले मात्र गरेको नभई विशेषगरी विकसित युरोपली राष्ट्रहरूको पनि छ ।
पश्चिम एसियामा बितेका केही वर्षदेखि चलिरहेको गृहयुद्ध तथा आतंककारी गतिविधिहरूले पनि युरोपेली देशहरूलाई प्रवासीहरूको समस्याका रूपमा एउटा गम्भीर संकट खडा गरिदिएको छ । त्यसले गर्दा त्यहाँ उग्र राष्ट्रवादी भावना अत्यन्तै तीव्र गतिले फैलिन थालेको देखिन्छ । युरोपली समुदायलाई एकजुट तुल्याएर राख्ने कोशिश हुँदाहुँदै पनि यस समुदायका कतिपय देशहरू आप्रवासीहरूको विरोध गरिरहेका छन् र कतिपय देशमा त आप्रवासीहरूका विरुद्ध अभियान नै चलाइँदै आएको पनि देखिएको छ ।
बेलायतको ब्रेक्जिट निर्णयलाई कतै न कतै अधिकांश युरोपेली राष्ट्रहरूमै भित्रभित्रै सुगबुगाउँदो जनआकांक्षाकै प्रतिबिम्ब या प्रतिनिधित्वका रूपमा पनि हेरिँदै आएको छ । अनि त्यसको अनुगुञ्ज पनि यदाकदा सुनिने गर्दै आएको छ । यद्यपि अहिलेसम्म त्यसलाई बेवास्ता गर्नुलाई नै राम्रो मानिने गरेको थियो । अमेरिकाका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले त यस्तै उग्रवादी नाराकै भरमा राष्ट्रपति बन्ने सपना देखेका थिए र त्यसैमा उनलाई अमेरिकीहरूको समर्थन पनि मिल्यो र राष्ट्रपति बने पनि ।
वस्तुतः यो त्यही अमेरिका हो जसको नामबाट आर्थिक उदारीकरणलाई मात्र चिनिँदैन, सांस्कृतिक भूमण्डलीकरणलाई पनि जानिन्छ । हिजो विश्व अर्थव्यवस्था अर्थात् अमेरिकी अर्थव्यवस्था र विश्व संस्कृति अर्थात् अमेरिकी संस्कृतिको पर्यायवाची जस्तै कुरा हुने गरेको थियो । यस सम्बन्धमा यहाँ एक विचारक स्यामुुएल हन्टिङटनको कुरा सही हुँदै गएको हो कि जस्तो लाग्दछ । उनले चेतावनी दिएका थिए— शीतयुद्धपछिका विसंगतिहरू विश्वशान्तिका लागि खतरा बन्न पुगे भने सभ्यताहरूका बीचको टक्कर शुरू हुनेछ । आईएसको तथाकथित राजनीतिक दर्शन हेर्दा यो पूर्णरूपले इस्लामको स्वार्थपूर्ण संकीर्ण विश्लेषणमा आधारित जस्तो देखिन्छ । यसले अहिले मूलतः युरोप र एसियालाई अझै पनि समस्यामा पारिरहेको छ ।
हुन पनि कुनै पनि राष्ट्रको निर्माण त्यसको भौगोलिक परिस्थिति र हजारौं वर्षको ऐतिहासिक यात्राबाट मात्र हुने गर्दछ । संस्कृति, परम्परा, दर्शन आदिको यो लामो यात्रा देशविशेषको लोक–चेतनामा प्रायः सधैं कायम रहने गरेको हुन्छ । सोभियत संघको विघटनको मूल कारणमध्ये एक यस्तो लोकचेतनालाई कुल्चिने कोशिश गर्नु पनि हो भन्ने एकथरीको विश्लेषण छ । यस्तै कारणले वर्षौंदेखि आजसम्म प्यालेस्टाइनीहरूले आफ्नो देशको माग गरिरहेका छन् । यति मात्रै होइन, आज एसिया तथा अफ्रिकाका कतिपय राष्ट्रमा बेग्लाबेग्लै समूहहरू सत्ता हत्याउनका निमित्त रक्तपात मच्चाउन नै उद्यत देखिन्छन् । यस सन्दर्भमा सिरिया र सुडानको सत्यतथ्य पनि लुकेछिपेको छैन । यस किसिमको राजनीतिक तथा सांस्कृतिक संकटलाई आर्थिक असमानताले अझ गहिरो र गम्भीर बनाइदिएको देखिन्छ ।
आज विश्वका मात्र केही सय मानिसको हातमा सम्पूर्ण विश्वको आधाभन्दा बढी सम्पत्ति बन्धक बनेको छ या बनाइन्छ भने यसबाट उत्पन्न हुने विसंगतिहरूलाई बुझ्न सकिन्छ । आज यस्ता विसंगतिहरू विकसित तथा विकासशील सबैजसो देशहरूमा महसूस गर्न थालेको पनि पाइन्छ । त्यसैले यो स्थितिमा परिवर्तन आएन भने भूमण्डलीकरणको उमेर सोभियत संघको उमेरभन्दा पनि कम हुन जाने लख स्वयं पूँजीवादी विश्लेषकहरूले नै काटिरहेका छन् । यो आजको स्थितिले जन्माएको गम्भीर महत्त्वको निष्कर्ष हो ।
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...