कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
कात्तिक ५, २०७६
काठमाडौं – दशैंको चहलपहलका बेला तत्कालीन सभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्यो । एकाएक नेपाली राजनीति तात्यो । प्रहरीले अनुसन्धान थाल्यो । उनी पक्राउ परे ।
राजनीतिभित्र हुने अपराधको चर्चा यत्तिमै सीमित रहेन । असोज २६ गते सांसद मोहम्मद अफताब आलमलाई रौतहट प्रहरीले पक्राउ गर्यो । राजनीतिक चर्चा र बहस झनै चर्कियो ।
महराको प्रकरणमा घटनाको लगभग चित्र सार्वजनिक भइसकेको थियो तर आलम जोडिएको घटना भयंकर रहस्यमय थियो । २०६४ सालको पहिलो संविधान सभाको चुनाव बिथोल्न बम बनाउने क्रममा विस्फोट भएको र घाइतेलाई इँटाभट्टामा जिउँदै जलाएको आरोप १२ वर्षपछि खोतलिँदै थियो । त्यहीँ भएर घटनामा आमचासो बढी नै थियो ।
प्रहरीले आलमलाई पक्राउ गरेको चर्चाबीच कात्तिक १ गते रौतहटको स्थलगत रिपोर्टिङका लागि गौरतर्फ लागे । बीच बाटो चन्द्रनिगाहपुरमा लोकान्तरका प्रदेश प्रतिनिधि अजय अनुरागीसँगै म पनि गौरतर्फ लागे ।
बाटोमा विभिन्न कुरा सुनाइएका थिए –
अफताब आलमको गाउँ राजपुरमा पत्रकारलाई जान दिइएको छैन । अरु मानिसलाई पनि रोक्ने गरिएको छ । प्रहरी पनि घटना भएको गाउँमा जान हच्किरहेको छ ।
मनमा विभिन्न आशंकासँगै हामी कात्तिक १ गते दिउँसो २ः४५ बजे गौरमा ओर्लियौं । ओर्लिएसँगै हामी बस्ने होटल सिया प्यालेसतर्फ लाग्यौं । गौर पुग्नुअघि नै हामीले होटलको कोठा बूक गरिसकेका थियौं ।
हामीलाई सामान्य जानकारी थियो –
२०६४ चैत २७ गते मोहम्मद अफताब आलमले चुनावी कार्यक्रमलाई बिथोल्नको लागि आफ्ना भान्जा डा. कैसर आलमको घरमा बम बनाइराखेको अवस्थामा चुरोटको ठुँटोबाट आगो सल्किँदा बम विस्फोट भएको थियो । विस्फोट भएपछि अफताबले बेहोसीको सुइँ लगाएर २० जना भारतीय र श्रीनारायण सिंहका छोरा त्रिलोकप्रताप सिंह र रुक्साना खातुन छोरा पिन्टु भनिने ओशी अख्तर नेपालीसहित २२ जनालाई इँटाभट्टाको आगोमा हालेर हत्या गरेको आरोप छ । २२ जनालाई नै आलमले तत्कालीन प्रहरी नेतृत्वको निगरानीमा ट्रयाक्टरबाट इँटाभट्टासम्म लगेर चिम्नीमा हालेर हत्या गरेको प्रत्यक्षदर्शीको दाबी छ ।
अजयजी र म गौर ओर्लिएसँगै कसरी सुरक्षित रिपोर्टिङ गर्न सकिन्छ भन्नेतर्फ ध्यान थियो । रिपोर्टिङका क्रममा पीडित पक्ष र आरोपित दुवै पक्षलाई भेट्नुपर्ने थियो । पीडित पक्ष सहजै मिडियामा आउने भएपनि आरोपित पक्षको धारणा पाउनु सहज थिएन ।
घटनाका प्रत्यक्षदर्शीका रुपमा देखिएका २ जना रामबहादुर शाह र अम्मुकुमार शाहसँग हामी पहिल्यैदेखि सम्पर्कमा थियौं । दुवै जना हामी बस्ने होटलमै भेटिए । हामीले त्यस ठाउँमा उनीहरूसँग पालैपालो भिडियो अन्तर्वार्ता लियौं ।
केही व्यक्तिहरू आएर अन्तर्वार्ता दिने दुवै जनालाई धम्क्याइरहेका थिए । ‘तिमीहरू यहाँ किन आयौ ?’ भनेर अन्तर्वार्ता नदिन संकेत गरिरहेका थिए । तर पनि दुवै जनाले ‘आलमले घाइतेहरूलाई ट्रयाक्टरमा राखेर इँटाभट्टामा जलाएको’ अन्तर्वार्ता दिए ।
दोस्रो चरणमा हामी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भुपेन्द्रबहादुर खत्रीलाई भेट्न प्रहरी कार्यालय गयौं । एसपी खत्री कार्यालयमै भेटिए । हामीले ‘भोलि आलमको घरमा जाने योजना’ रहेको बताउँदा उनले सहज अवस्था नभएको आशय व्यक्त गरे । घटनास्थल रहेको गाउँ राजपुर नगरपालिका–४ फरहदवा जान सहज नभएको अनुमान हामीले लगायौं ।
हामीले प्रहरी प्रमुखसँग अफताब आलमका आफन्तलाई भेट्न चाहेकोबारे बतायौं । संयोगले अफताबका छोरा डा. फिरदोस आलम प्रहरी परिसरमै थिए । उनी नेपाल प्रहरीको प्राविधिक तर्फको प्रहरी निरीक्षक भएको थाहा पायौं ।
उनलाई भेटेर ‘सत्य के हो’ भनेर कुरा गर्न खोज्दा उनले आफू प्रहरी संगठनमा भएकाले बोल्न नमिल्ने बताए । यति नै बेला अफताब आलमलाई भेट्न उनका सम्धी तथा भारतको जनता दल युनाइटेडका विधायक मोहम्मद सर्फोद्दिन आएको जानकारी एसपीसम्म पुग्यो । एसपी खत्रीले सम्धी नै आएपछि भेट्न अनुमति दिए । उनीसँगै २ जना भारतीय प्रहरी जवान समेत बर्दीमै थिए । विधायक सफोद्दिन १० मिनेटको कुराकानीपछि बाहिरिए ।
प्रहरी कार्यालयको गेट बाहिर आलमका समर्थकको भीड थियो । त्यो हुलमा अफताब आलमका भान्जा लगायत अन्य सर्मथक भेटिए । समर्थकहरू ‘अफताब आलमलाई राजनितिक हिसाबले षडयन्त्रमा पारिएको’ बताइरहेका थिए ।
हामीले गाउँको अवस्था कोट्याउने गरी प्रश्न गर्यौं, ‘तपाईंहरूले पत्रकारलाई पनि अफताबको घरमा जान दिनुभएको छैन रे ! हातहतियार राख्नुभएको छ रे !’ हाम्रो उद्देश्य सुरक्षित रुपमा त्यो गाउँमा पुगेर रिपोर्टिङ गर्नु थियो ।
भीडका सहभागीले ‘गाउँमा त्यस्तो केही नभएको र पत्रकारलाई जान दिइएको’ दाबी गरे । हामीले आलमका केही समर्थकसँगै गाउँ जाने निधो गर्यौं । अर्काे दिन बिहान ७ बजे आलमको गाउँ लैजाने प्रतिवद्धता समर्थकले जनाए ।
यसैक्रममा २ नम्बर प्रदेशका कृषि राज्यमन्त्री योगेन्द्र राय यादव भेटिए । उनले कानूनी राज्यमा कोही अपराधी पनि उम्किन नहुने बताए । उनले एसपी भुपेन्द्र खत्रीको प्रशंसा पनि गरे ।
अर्को दिन बिहान ७ बजे मैले आलमका भान्जा डा. कौशर आलमलाई फोन गरें । घटना भएको गाउँ जाने माहोल मिलाइदिन सहयोग मागे । उनले हामीलाई गौरस्थित आफ्नै अस्पताल शेख इन्द्रिहक मेमोरियल अस्पतालमा बोलाए । हामी अस्पताल गयौं ।
हामी अस्पताल पुग्दा त्यहाँ २ जना युवा मोटरसाइकलसहित कुरिरहेका थिए । मोटरसाइकल एउटा नेपाली र अर्काे भारतीय नम्बरको थियो । त्यहीँ मोटरसाइकलमा हामी झण्डै १५ किलोमिटर टाढा रहेको राजपुरतर्फ लाग्यौं ।
गौरबाट पूर्व दक्षिण हुँदै आलमको गाउँ राजपुर फरहदावा पुग्दा केही मानिस चोकको पसलमा बसिरहेका थिए । सायद हामी आउने सूचना गाउँमा थियो । केही व्यक्ति राजपुर नगरपालिका अगाडिको सडकमा भारतीय नम्बरका बाइकसहित लगभग १० जना उभिइरहेका थिए ।
हामी बाइकबाट ओर्लिएपछि सबै जना वरिपरि घेरिए । हामीले घटनास्थल र गाउँको अवस्था बुझ्न आएको बतायौं । त्यहीबेला १ जनाले आक्रोशित हुँदै भने, ‘एउटा टेलिभिजनले मिठा कुरा गरेर भिडियो खिचेर लग्यो । पछि भिडियो काटेर नराम्रो कुरा मात्र बजायो । त्यस्तै गर्ने त होइन ?’
अजयजीले भोजपुरीमा कुरा गर्दै ‘त्यस्तो होइन, हामी सत्य बुझ्न आएका हौं’ भनेपछि गाउँलेले राजपुर नगरपालिका–४ का वडाध्यक्ष शेख अन्सारुलहकलाई बोल्न अगाडि सारे ।
उनले भने, ‘यो गाउँमा केही पनि भएको छैन । यी सबै आरोप मन्त्रीजी (अफताब आलम) लाई फसाउन लगाइएको हो । उनी निर्दाेष छन् ।’
अजयजीले प्रतिप्रश्न गरे, ‘अफताब आलमले चुनावमा बुथ क्याप्चर गर्नको लागि बम बनाउन भारतबाट मानिस ल्याएका थिए रे ! बनाउँदा–बनाउँदै बम विस्फोट भयो रे ! विस्फोटमा मानिसहरूका शव यत्रतत्र थिए रे ! मानिहरु छट्पटाउँदै थिए रे ! सुइँ लगाएर बेहोस बनाइयो रे ! अनि अफताब आफैं गाडी चलाएर आफ्ना भान्जाको राजा इँटाभट्टामा घाइतेलाई हालियो रे !’
अजयजीले प्रश्न गर्दा मलाई भने डर लागिरहेको थियो । त्यहाँ भेला भएका सबै आलमका समर्थक थिए । त्यो गाउँ आलमकै थियो । सञ्चारमाध्यमका समाचारदेखि प्रहरी प्रशासन र सरकारले आलमको संलग्नताबारे प्रचार गरिरहेका थिए ।
अजयजीको प्रश्नको जवाफ वडाध्यक्ष अन्सारुलहकले एकै स्वासमा दिए, ‘यहाँ केही भएको छैन त हामीले के भन्ने, यहाँ केही भएकै छैन ।’
अलि पाका जस्ता देखिने ६० वर्षीय शेख फजलेहकले भने, ‘यी सब बात मन्त्रीजीको फसाने कि लिए विपक्षी ने बनाया जाल है ।’
उनले अगाडि थपे, ‘यदि कसैले अफताब आलमलाई दोषी ठहर गर्छ भने जनता चुप लागेर बस्दैनन् ।’
अन्तर्वार्ता सकिएपछि शेख फजलेहकले उनको घरमा चियानास्ताको लागि अनुरोध गरे । हामीले पनि केही थप सूचना र जानकारी आउने आशमा आग्रह स्वीकार गर्यौं । त्यो भीड हाम्रो पछि–पछि लाग्यो । आधा घण्टाको समय फजलेहकको घरमा बितायौं । त्यहाँ उनीहरूले आलमको राजनीतिक पृष्ठभूमिबारे जानकारी दिए । सँगसँगै हामीलाई मिठाइ लगायत अन्य परिकार खुवाइएको थियो ।
त्यतिबेलासम्म हामीमा भएको डर हराइसकेको थियो । हामी निर्धक्क थियौं । हामीले बम विस्फोट भएको भनिएको घरबारे जान्न खोज्यौं । जवाफ मिल्यो, ‘इधर कुछ नही हुवा तो हम क्या दिखाएँ ?’
मैले आलमको घर कति टाढा पर्छ भनेर सोधे । एक जनाले भन्यो, ‘बहुत दूर है पत्रकार साहेब ।’ हामीले गाउँमा मान्छे आउन डराइरहेको बेला आलमको घरसम्म देखाउँदा राम्रो सन्देश जाने बतायौं । त्यसपछि उनीहरू आलमको घरसम्म लैजान राजी भए ।
मोटरसाइकलमा पूरै गाउँ घुमाएपछि उनीहरूले आलमको घरमा लगे । गाउँका सामान्य घरभन्दा आलमको घर अलि फरक खालको थियो । अरुको घर तराईमा हुने सामान्य घर जस्तै थिए भने आलमको घर पक्की र आधुनिक थियो । गाउँका केही गल्ली कालोपत्रे थिए भने अधिकांश साना सडक कच्ची नै थिए । सडकमा कपडा नलगाएका नाङ्गै बच्चाहरू खेलिरहेका देखिन्थे ।
शेख फजलेहकले विक्रम संवत् २०१५ सालदेखि त्यो क्षेत्रमा शेख इन्द्रिश र आफताब आलमले जित्दै आएको बताए । गाउँको विकास भने केही भएको देखिएन तर मद्रासी सिनेमाको ‘ए गावँ हमारा है’ शैलीले हामीलाई मोटरसाइकलमा अफताब आलमको घर घुमाइएको थियो ।
आलमको गाउँ घुमिसकेपछि हामी फेरि गौर नै फर्कियौं । यतिबेलासम्म हामीले जानै नसकिने भनिएको गाउँको वस्तुस्थितिबारे जानकारी लिइसकेका थियौं ।
आलमको गाउँ घुम्दा गाउँ शान्त थियो । मानौ कि त्यो गाउँमा केही पनि भएको छैन । गाउँलेलाई यसरी सिकाइएको थियो कि जे–जस्ता प्रश्न गरेपनि ‘इधर कुछ नही हुवा है, मन्त्रीजीको फसाया गया है’ अर्थात् ‘यहाँ केही भएको छैन, मन्त्री अफताब आलमलाई फसाइएको हो’ भनेर जवाफ आउँथ्यो ।
आलमको डर र भयले कोही पनि सिकाइएकोभन्दा अरु केही पनि बोल्नेवाला थिएनन् । सबैको आँखामा आक्रोश र डर भने स्पष्ट देखिन्थ्यो ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...