जगदम्बा मोटर्सको 'टिभिएस सुपर एक्सेञ्ज फाइनान्स फेयर'

काठमाडौं – नेपालको लागि टिभिएस टू ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले “टिभिएस एक्सेञ्ज एण्ड फाइनान्स फेयर” को आयोजना गरेको छ । 

उक्त मेलाको उद्घाटन नेपाली क्रिकेट टिममा भूतपूर्व कप्तान पारस खड्काले गरेका थिए ।


Advertisement

कार्तिक १ गतेदेखि ५ गतेसम्म भृकुटीमण्डपमा संचालन भएको यो मेलाको प्रमुख आकर्षण नै  ग्राहकहरुले ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्जमा थप रु.१० हजार मुल्याँकन जस्ता उत्कृष्ट अफरहरु रहेको थियो । 

मेलामा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहारहरु हेलमेट, बाइक कभर र ब्याग पनि आकर्षणका लागि राखिएको थियो । 

ग्राहकले “टिभिएस दशैंको दौड” योजना अन्तर्गत बाइक नकिन्दा नै १ लाखसम्म नगद जित्न सक्नेछन् भने किन्दा १०० प्र्रतिशत नै नगद फिर्ता पाउन पनि सक्नेछन् । साथमा अन्य आकर्षक उपहारहरु पनि यस योजनामा प्राप्त गर्न सकिन्छ । 

कमेन्ट गर्नुहोस्