पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बुटवल –पश्चिम नेपाल बस व्यवसायी प्रालिले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई काठमाडौंसँग जोड्ने उद्देश्यले पहिलोपटक मणिग्राम–काठमाडौँ एसी (वातानुकूलित) बस सेवा शुरू गरेको छ ।
तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलनका क्रममा यातायात क्षेत्रलाई पनि समृद्धिको आधार ठानेको र यस क्षेत्रका यात्रुहरूले बुटवल तथा भैरहवाबाट टिकट काटेर यात्रा गर्दा असहज हुने अवस्था देखिँदै आएकाले मणिग्राम–काठमाडौं एसी बससेवा सञ्चालन गरिएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले जानकारी दिए ।
उनले तिलोत्तमाले प्रस्तावित गरेको प्रदेशिक बसपार्क क्षेत्र टिकुलीगढबाट समेत आगामी दिनमा तीनवटा बस सञ्चालन गर्ने योजना रहेको पनि सुनाए ।
बसमा फ्रि वाइफाई, खाजा, पानीलगायतको समेत व्यवस्था छ । अब हरेक दिन काठमाडौंका लागि मणिग्रामबाट साँझ ७ बजे र काठमाडौंबाट मणिग्रामका लागि राति ८ बजे बस छुट्ने छ ।
‘लामो यात्रामा यात्रुलाई समस्या भएपछि मणिग्रामबाट पनि एसी बस सञ्चालन गरेका हौँ,’ अध्यक्ष खरेलले भने ।
उनले तिलोत्तमाले लगानी सम्मेलनमार्फत लगानीका लागि आह्वान गरेकाले आफूहरुले पनि तिलोत्तमालाई केन्द्रित गर्दै यातायात क्षेत्रमा लगानी गरेको बताए ।
उक्त एसी बसेको यातायात व्यवस्था कार्यालय लुम्बिनीका प्रमुख मुक्ति प्रसाद पाण्डेले उद्घाटन गरेका हुन् । मणिग्रामबाट काठमाडौंको भाडा प्रतियात्रु रु १ हजार तोकिएको छ ।
बसमा तीनजना सुत्न मिल्ने गरी शिलिपर सिटको समेत व्यवस्था छ । उक्त सिटको भाडा प्रतियात्रु १५ सय तोकिएको छ ।
सुविधाजनक सिट र शिलिपरसहितको रकेट एसी बसको सेवा शुभारम्भ गर्दै यातायात व्यवस्था कार्यालयका प्रमुख पाण्डेले यस क्षेत्रका यात्रुलाई सहज सेवा प्रदान गर्ने गरी पश्चिम नेपाल बस व्यवसायी प्रालिले गरेको कार्य अनुकरणीय रहेको बताए ।
लामो समयदेखि ग्रामीण क्षेत्रका कच्ची सडकहरुमा समेत यातायात सवा सञ्चालन गरेर पश्चिम नेपालले बिगतदेखि यात्रुलाई सेवा प्रदान गरिरहेको भन्दै यातायात क्षेत्रको व्यवस्थापनमा प्रलिसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
त्यस अवसरमा तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष चेतनारायण भण्डारीले तिलोत्तमाले प्रस्ताव गरेको प्रदेशिक बसपार्क निर्माण कार्य आगामी पाँच वर्षभित्र गरिने बताउँदै तिलोत्तमाको मध्यभागमा पर्ने मणिग्रामबाट एसी बस सेवा सञ्चालन हुनु यस क्षेत्रका यात्रुका लागि खुशीको कुरा भएको बताए ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक रामचन्द्र भुसालले यात्रुहरुलाई स्तरीय सेवा प्रदान गर्न प्रालि प्रतिवद्ध रहेको बताए ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...