जाह्नवीले कपडाबाट प्राइस ट्याग निकाल्न भुलिन्, सामाजिक सञ्जालमा उड्यो मजाक

एजेन्सी- बलिउड अभिनेत्रीहरूका फेशन स्टेटमेन्टलाई करोडौंले फलो गरेका हुन्छन् । यस्तोमा फ्यानहरूले सेलिब्रेटीका पहिरनमा पनि आँखा लगाएका हुन्छन् । 

तर यसपटक जाह्नवी कपूर यसपटक सामाजिक सञ्जालमा ट्रोल बनिरहेकी छन् । उनले भूलवश आफ्नो पहिरनको 'प्राइस ट्याग' निकाल्न भुलिन् । उनको यस गल्तीलाई मिडियाका क्यमाेराले कैद गरे । त्यसपछि उनी मजाकको पात्र बनिन् ।


Advertisement

केही सामाजिक सञ्जाल प्रयोगकर्ताले 'प्राइस ट्याग' बिना कपडा फिर्ता गर्न नपाउने भएकाले प्राइस ट्याग नहटाएको भनेर मजाक गरेका छन् । 

उनले एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जसमा प्राइस ट्याग देखिन्छ । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

#jhanvikapoor snapped at her pilates class today #viralbayani @viralbhayani

A post shared by Viral Bhayani (@viralbhayani) on

जाह्नवी आफ्नो आगामी फिल्म 'दोस्ताना २'को तयारीमा छिन् । यस फिल्ममा उनी कार्तिक आर्यनसँग देखिँदैछिन् । 

कमेन्ट गर्नुहोस्