×

NMB BANK
NIC ASIA

सुर्खेतको छिन्चुमा बजार अनुगमन - सडक छेउमा खानेकुरा, नजिकै ट्वाइलेट

कात्तिक ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- रत्न राजमार्ग सडक खण्डको सुर्खेतमा पर्ने भेरीगंगा १२ छिन्चु बजारमा सडक छेउमै भाँडा धुने गरिएको पाइएको छ ।

Muktinath Bank

डोल्पा, जाजरकोट तथा कर्णाली जाने बीच बजार समेत रहेको छिन्चुमा होटल व्यवसायीहरुले फोहोर खानेकुरा ग्राहकलाई खुवाउँदै आएको तथा सडक छेउमै सबैले देख्ने गरी भाँडा धुने तथा फोहोर पानी सिधै नालीमा मिसाउने गरिएको बजार अनुगमनका क्रममा पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रशासन कार्यालय सुर्खेत तथा भेरीगंगा नगरपालिका, इलाका प्रहरी कार्यालय छिन्चुको सहकार्यमा गरिएको उक्त अनुगमनमा १५ ओटा होटल तथा मिठाइ पसलेले यस्तो गरेको पाइएको हो ।


Advertisment
Nabil box
Kumari

‘खानेकुरा छोप्नु त परको कुरा हो । नजिकै ट्वाइलेट र भान्छासमेत जोडेको पाइयो,’ जिप्रकाका प्रशासकीय अधिकृत उत्तम शर्माले भने, ‘सडक छेउमा भाँडा माँझ्ने र छेउमै मदिराका बोत्तल तथा अन्य फोहोर थुपार्ने गरिएको अनुगमनका क्रममा भेटियो ।’ उनले ती सबै होटल व्यवसायीलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको बताए ।

Vianet communication
Laxmi Bank

‘हामीले अनुगमनका क्रममा जसले गल्ती गरेको छ, फोहोर खानेकुरा ग्राहकलाई खुवाइरहेको छ, उसलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएका छौं,’ उनले भने । उनका अनुसार फोहोर गर्नेहरुलाई सफा गर्न लगाइएको छ भने आगामी दिनमा फोहोर नगर्न चेतावनी दिइएको छ ।

हाम्रो तन्दुरी होटल,  बुटवल होटल, भेरी सल्यानी नास्ता पसल,  कृष्णा स्वीट हाउस, सयपत्री होटललगायत होटलमा अनुगमन गरिएको उनको भनाइ छ । ‘सयपत्री होटलमा कागजात माग्दा छाडा शब्द सुन्नु परेको छ,’ उनले भने, ‘हामीले जनताको स्वास्थ्यमा कसैले पनि खेलवाड गर्न नहुने भन्दै जाँचमा कडाइ गरेका हौं ।’

उनले आगामी दिनमा नगरपालिका सँग सहकार्य गर्दै अनुगमनमा तीव्रता दिने बताए । ‘अब हामी अनुगमनमा तीव्रता दिन्छौं,’ उनले भने, ‘कसैले पनि जनताको स्वास्थ्यमा खेलवाड गर्न सक्दैन । त्यस्तो गरेको पाइएमा सुरुमा जरिवाना काट्ने वा होटल नै शिल गरिदिने हाम्रो तयारी छ ।’

उनले गहकलाई पनि आफुले कस्तो नास्ता वा खाना खाँदैछु भन्ने कुराको ख्याल हुनुपर्ने बताए ।

सस्तो खानको नाउँमा जे पायो त्यहि र जस्तो पायो त्यस्तै खानु राम्रो नभएको उनको भनाइ छ । ‘फोहोर गर्ने होटलमा कोही नगए कसैको स्वास्थ्य विग्रदैन । यसमा सबै चनाखो हुन म आग्रह गर्दछु,’ उनले भने ।

छिन्चुमा होटल व्यवसाय गर्नेहरुको अगाडीको नाला भरिएको र त्यसले प्रदुषण बढाउनुका साथै लामखुट्टेको बिगबिगी बढाउन सहयोग गरेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x