साउन ६, २०७८
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
कात्तिक ८, २०७६
काठमाडौं – गत भदौं १४ गते बेलुका दरबारमार्गको एटीम ह्याक गरी पैसा चोरी गर्ने ६ जना चिनियाँ र ३ जना नेपाली आरोपीको फाइल प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
एटीएमबाट १ करोड ६७ लाख रुपैयाँ ह्याक गरी चोरी गर्दैगर्दा दरबारमार्गको नबिल बैंकको एटीमबाट पक्राउ परेका चिनियाँ ह्याकर सम्बन्धी अनुसन्धानको फाइल शुक्रवार सरकारी वकिलको कार्यालयमा बुझाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) होबिन्द्र बोगटीले बताए ।
‘ह्याकिङमा संलग्न ६ जना चिनियाँ र पैसा साट्न सहयोग गर्ने ३ जना नेपालीलाई सरकारी वकिलको कार्यालयमा शुक्रवार फाइल बुझाएको छौं । अब सरकारी वकिलको कार्यालयले बोलाएपछि उनीहरूलाई उपस्थित गराउने छौं,’ उनले भने ।
चिनियाँ ह्याकरले आफूहरूले नै चोरी गरेको र अरु कुनै पनि बाहिरी मानिसको संलग्न नरहेको प्रहरीलाई बयान दिएको बोगटीले बताए । ‘अनुसन्धान गर्दा उनीहरूले हामीले नै ह्याकिङ गरेका हौं । अन्य कुनै पनि संलग्न छैैनन् भनेका छन्,’ डीएसपी बोगटीले लोकान्तरसँग भने ।
चिनियाँ नागरिकमाथिको अनुसन्धान सकिएपछि चिनियाँ नागरिकसँगै नेपाली नागरिकलाई पनि सरकारी वकिलको कार्यालयमा अनुसन्धान फाइलसहित लागिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) उत्तमराज सुवेदीले बताए ।
‘पक्राउ परेका नेपाली र चिनियाँ नागरिकमाथिको अनुसन्धान सकेका छौं । अब हामीले सरकारी वकिलको कार्यालयले बोलाएपछि उपस्थित गराउँछौं,’ सुवेदीले भने ।
अबको अनुसन्धान चिनियाँ नागरिकलाई सहयोग गर्ने नेपाली को–को थिए भन्ने विषयमा केन्द्रित हुने एसएसपी सुवेदीले बताए । गत भदौ १४ गते प्रहरीले चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानगाङ, किउ युनकिङ र चेन बिन बिन लगायत ५ जनालाई सार्वजनिक गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भाग्न खोजेका सु लु सिङ भदौ १५ गते पक्राउ परेका थिए । आरोपीले नबिल बैंकको दरबारमार्गमा रहेको एटीएम, हिमालयन बैंकको ठमेलमा रहेको एटीएम र प्रभू बैंकको कमलपोखरीमा रहेको एटीएमबाट रकम निकालेका थिए ।
पक्राउ परेका चिनियाँ नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, ९ हजार १ सय ८ अमेरिकी डलर, १ हजार १ सय ९१ चिनियाँ युवान, २ सय ५० यूरो, ५ हजार क्याम्बोडिन मुद्रा र ८० हङकङ डलर फेला परेको थियो ।
नक्कली भिसा कार्ड १ सय ३२ थान, सक्कली भिसा कार्ड १८ थान, कार्ड प्रिन्टर मशिन १ थान, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड १/१ थान प्रहरीले बरामद गरेका थिए । नेपाल राष्ट्र बैंकले हालसम्म १ करोड ६७ लाख रुपैयाँ ह्याक गरी चोरी भएको जनाएको छ ।
एटीएमबाट लुटिएको पैसा साट्न सहयोग गर्ने डेक्सो मनि एक्चेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपालय मनि एक्चेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र नेपालय मनि एक्सचेन्जकै म्यानेजर रेवती दवाडी पनि भदौ १६ गते पक्राउ परेका थिए ।
हात्तीसारस्थित होटल मायामनोहर बुटिकका २०१, ६०२ र ६०४ नम्बर कोठामा आरोपी चिनियाँ नागरिक बसेका थिए । बैंकिङ कसूर अन्तर्गत ५ वर्षसम्म कैद र त्यति नै बराबरको बिगो असुलउपर हुने प्रवक्ता बोगटीले बताए ।
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...