ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रकाश आचार्य
प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

बुटवल – रुपन्देहीमा शनिवार ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्लाको ओमसतिया गाउँपालिका–४ बसन्तपुर भैरहवा–परासी हुलाकी सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु४७प ८९०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा १ जना मृत्यु भएको छ । 


Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मोटरसाइकल चालक रुपन्देहीको ओमसतियाका २० वर्षीय बलाराम चाईको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार १८ वर्षीय आकाश गुप्ता घाइते भएका छन् । उनको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ ।

मोटरसाइकलको पेट्रोल ट्यांकी फुटेर आगोलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेको, ट्रकको पछाडिको ४ वटा टायर जलेपछि दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । ट्रक चालक प्रहरी नियन्त्रणमा छन् ।

कमेन्ट गर्नुहोस्