मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
कात्तिक १०, २०७६
काठमाडौं – २०७५ भदौं ३ गते काठमाडौंको थापाथलीस्थित कुरिया गाउँमा पूर्व राजदूत केशवराज झा घरको बेडरुममा मृत अवस्थामा फेला परे ।
घटनाको अनुसन्धानको लागि केन्द्रीय कुकुर तालिम केन्द्र (केनाइन) महाशाखाबाट खटिएका जुली र म्याक्सल नामक अपराधी खोज्ने तालिमप्राप्त कुकुरलाई घटनास्थलमा प्राप्त सबुदको गन्ध दिई परिचालन गरिए ।
घटनामा सहयोगीको रुपमा काम गर्ने सानु कान्छा तामाङ सुत्ने कोठासम्म पुगेको कुकुरको अनुसन्धानले पुष्टि भएको थियो । प्रहरी त्यो तथ्यलाई अदालतमा प्रमाणको रुपमा पेश गरेको र अदालतले पनि प्रमाणको रुपमा बुझेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीले अपराध अनुसन्धान, उद्दार तथा खोजी, विशिष्ट व्यक्तिको सुरक्षाजाँच लगायत कार्यका लागि कुकुरको प्रयोग गर्छ । तालिमप्राप्त कुकुरको सहयोगमा जटिल प्रकारका आपराधिक घटनाको अनुसन्धान पनि सम्भव हुने केनाइनका महाशाखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामचन्द्र सत्यालले बताए ।
‘नेपाल प्रहरीअन्तर्गत देशभर ८ वटा प्रजातिका ८४ तालिमप्राप्त कुकुर छन् । हरेक प्रदेशमा प्रदेशस्तरीय कार्यालय र केही जिल्ला प्रहरी कार्यालयमा पनि तालिमप्राप्त कुकुर राखिएको छ,’ डीएसपी सत्यालले लोकान्तरलाई भने ।
जन्मेको ३ देखि ६ महिनाका कुकुरलाई आधारभूत र अतिरिक्त गरी ९ महिनासम्म तालिम दिएर अपराध अनुसन्धान विषयमा ‘ट्रयाकर डग’, हातहतियार तथा विस्फोटक पदार्थ ‘बम डग’, खोजी तथा उद्दार ‘रेस्क्यु डग’ र लागूऔषध खोजी गर्ने कुकुर ‘नार्कोटिक डग’ गरी ४ विधाका लागि तयार पारिन्छ ।
प्रहरीको केन्द्रीय कुकुर तालिम केन्द्रकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देउती गुरुङका अनुसार तालिम प्राप्त कुकुरले कम्तिमा ६ देखि ८ वर्षसम्म काम गर्ने बताइन् ।
काममा रहने कुकुरले दैनिक ३ सयदेखि ४ सय रुपैयाँसम्म ‘रासन भत्ता’ पाउँछन् । उपचार र थप स्याहारका लागि पनि सरकारले बजेट छुट्याएको हुन्छ । यसरी एउटा कुकुरका लागि वर्षमा १ लाख २० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म खर्च हुने गुरुङले बताइन् ।
नेपाली सेनासँग पनि हाल ९३ वटा तालिमप्राप्त कुकुर छन् । सेनाले पनि जन्मेको ३ देखि ६ महिनासम्मका कुकुरलाई तालिम प्रदान गरेर ‘अब्बल’ बनाउने नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव शर्माले बताए ।
‘सेनासँग रहेका कुकुरहरू राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिको सुरक्षा, विस्फोटक पदार्थको पहिचान र विपद्को बेला खोजी तथा उद्दारका लागि प्रयोग हुने गरेका छन्,’ रथी शर्माले भने, ‘नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय मिसनमा समेत कुकुर परिचालन गर्दै आएको छ । सेनाले संदिग्ध व्यक्तिको खोजी र नियमित गस्तीमा पनि कुकुरको प्रयोग गर्छ ।’
सशस्त्र प्रहरीका कुकुर विपद्को बेला उद्दार र खोजीमा बढी सक्रिय हुन्छन् । कतिपय अवस्थामा सीमा क्षेत्रमा सुरक्षा जाँचका लागि पनि कुकुरको प्रयोग गर्ने गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठले बताए । ‘सशस्त्र प्रहरीसँग ३० वटा तालिमप्राप्त कुकुर रहेका छन्,’ उनले भने ।
सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव शर्माका अनुसार सेनामा ४ प्रजातिका कुकुर छन् । सुरक्षा निकायले अपराध अनुसन्धान तथा विस्फोटक पदार्थको पहिचानमा जर्मन सेफर्ड प्रजातिको कुकुरलाई बढी विश्वास गर्छन् । यस्तो प्रजातिको कुकुरको नाकमा रहेका कोषिकाहरू बढी सक्रिय हुने तथा सुँघ्ने क्षमता बढी हुन्छ ।
रिटायर्मेन्टपछि कहाँ जान्छन् सुरक्षा निकायका कुकुर ?
सुरक्षा निकायका कुकुरका लागि मात्रै राज्यले वार्षिक ५ करोड रुपैयाँको हाराहारीमा खर्च गर्छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग रहेका यस्ता कुकुरको दैनिक रासनदेखि स्याहार र उपचारका लागि वार्षिक ५ करोड खर्च हुन्छ ।
यी कुकुरहरू उमेरका हिसाबले ६ देखि ८ वर्षसम्म मात्रै सक्रिय हुन्छन् । कतिपय कुकुर कुनै घटनाको अनुसन्धानका क्रममा घाइते भएरपछि काम नगर्ने अवस्थामा पनि पुग्छन् । नेपाल प्रहरीसँग रहेकामध्येबाट मात्रै वार्षिक १० कुकुरजति ‘रिटायर्ड’ हुन्छन् ।
नेपाली सेनासँग रहेकामध्ये वार्षिक ६ देखि ९ कुकुरहरू ‘रिटायर्ड’ हुन्छन् । सशस्त्र प्रहरीसँग रहेकामध्येबाट पनि वार्षिक ३ देखि ५ कुकुरहरू ‘रिटायर्ड’ हुन्छन् ।
प्रहरी कुकुर तालिम केन्द्रकी प्रमुख एसएसपी गुरुङ रिटायर्ड भएका कुकुरलाई नमरुञ्जेलसम्म तालिम केन्द्रमै राखेर पाल्ने गरिएको बताउँछिन् । उनीहरू सक्रिय रहँदाको जस्तो स्याहार र खानको व्यवस्था नगरिएपनि नमरुञ्जेलसम्म उपचार र सामान्य खानाको व्यवस्था भने हुने गरेको एसएसपी गुरुङले बताइन् ।
नेपाली सेनाले पनि रिटायर्ड भएका कुकुरलाई अलग्गै राखेर पाल्ने गर्छ । यस्ता कुकुरको हेरचाहका लागि अलग्गै जनशक्ति खटाइएको हुन्छ । सशस्त्र प्रहरीबाट रिटायर्ड हुने कुकुरको पनि नमरुञ्जेल हेरचाह गर्ने गरिएको डीआईजी श्रेष्ठले बताए ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...