×

NMB BANK
NIC ASIA

तिहारको बजार

विद्युतीय सामग्रीले तिहारमा दियालोको प्रयोग घट्यो, कुमालेको पुर्ख्यौली पेशा संकटमा

कात्तिक १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – तिहारमुखी बनेको कुमाले जातिको पुर्ख्यौली पेशा झनै खस्कँदो छ ।

Sagarmatha Cement
Muktinath Bank

तिहारमा बिक्री हुने माटोले बनेका दियालोको कारोबारमा समेत गिरावट आएपछि कुमाले जातिको पेशा संकटमा परेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आधुनिकतासँगै माटोका सामग्रीको सट्टा विद्युतीय, प्लास्टिक र धातुका भाँडाकुँडा प्रयोग हुँदै आएका छन् । जसले गर्दा सो जाति आफ्नो पेशाबाट विस्थापित हुदै आएको छ । 


Advertisment
Nabil box
Kumari

पछिल्लो समय तिहारमा प्रयोगको लागि बनाइने दियालोको सट्टा विद्युतीय सामग्रीको प्रयोग हुन थालेपछि कुमाले जातिको पेशा अप्ठ्यारोमा परेको छ ।

Vianet communication
Laxmi Bank

कैलालीको कैलारी गाउँपालिका–९ जमुनीपुरका सीताराम कुमालले तिहार आफूहरूको मुख्य सिजनै भएको बताए तर आजभोलि बजारमा आएका विभिन्न विद्युतीय सामग्रीले गर्दा माटोको दियालोको प्रयोगमा ह्रास आएको उनले गुनासो गरे । तथापि तिहारमा प्रयोगको लागि केही मात्रामा दियालो बनाउँदै आएको उनले बताए ।

दशैं र तिहारको अवधिमा कैलाली–कञ्चनपुरमा बसोबास भएका कुमाले थारु समुदायको माटोको कूल देवता स्वरुप घोडाघोडी, भेडाको मूर्ति, रक्सी बनाउन प्रयोग हुने डोरिया, पूजाको लागि चाहिने दिउली तथा घोचिया (दियालो) बढी मात्रा बनाउँदै आएका थिए तर विद्युुतीय सामग्रीले दियालोको प्रयोगमा ह्रास आएपछि आफूहरूको पेशा झनै साँघुरिएको र जीविकोपार्जनको लागि अन्य पेशा व्यवसाय अँगाल्नुपरेको बताउँछन् जमुनीपुरका अर्का कुमाले टीकाराम कुमाल । १ दशक अगाडिसम्म पुर्ख्यौली पेशाबाटै जीवन धानेको बताउँदै उनले १ सिजनमा २०/२५ हजार रुपैयाँ बराबरको मात्रै कारोबार हुने गरेको बताए ।

माटोका सामग्री शहर बजारमा नगद खरिदबिक्रि भएपनि ग्रामीण भेगमा भने जिन्सी वस्तुबाट माटोको सामग्री साटासाट हुने गरेको छ । सीताराम कुमालका अनुसार चामल, धान, गहुँ लगायत जिन्सी वस्तुसँग माटोका कलात्मक भाडा साटासाट हुने गरेको छ ।

बजारमा आएका प्लास्टिक तथा धातुका सामग्रीले संकटमा रहेको पेशा आजभोलि सहज रुपमा माटो नपाइनु र भाँडाकुँडा पकाउन दाउरा उपलब्ध नभएपछि थप संकटको भूमरीमा फसेको छ ।

‘हामी विवश भएका छौं । हाम्रो पेशा माटो र जंगलसँग गाँसिएको छ । सहज रुपमा माटो र दाउरा नपाएर आजभोलि बेसर्म, घाँसपात, भुसा लगायतले पनि भाँडा पकाउने काम गर्छाैं,’ सीताराम कुमालेले भने, ‘जसले गर्दा पारिवारिक जीविका धान्न अप्ठ्यारो भएपछि पेशाबाट विस्थापित हुँदै गएका छौं ।’

माटो र दाउराबापत चर्को दरमा रोयल्टी तिर्नुपर्ने बाध्यता उनले सुनाए । परम्परागत पेशाबाट जीवन धान्न अप्ठ्यारो भएपछि फर्निचरको काम समेत गर्दै आएका सीताराम कुमालले आफ्नो बस्तीका दर्जनौं युवा भारत समेत पसेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x