×

NMB BANK
NIC ASIA

थारु बस्तीमा ‘दाङ्से बुर्हान’ नाटक मञ्चन

कात्तिक १२, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

कञ्चनपुर – जिल्लाको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीमा तिहारका अवसरमा सखिया नाच युवा क्लबको आयोजनामा ‘दाङ्से बुर्हान’ नामक नाटक मञ्चन गरिएको छ ।

Muktinath Bank

थारू समुदाय थातथलो दाङबाट बुर्हान अर्थात् तराई बसाइँसराइ गर्नुपर्नाको कारण नाटकमा प्रस्तुत गरिएको छ । ३ दिनसम्म मञ्चन हुने नाटकमा स्थानीय थारू कलाकारहरूले अभिनय गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दाङमा जमिन्दारले जग्गा खोसेपछि कमाइखाने जग्गा र सुरक्षित बासस्थानका लागि तराई झर्नुपरेको र यस क्रममा पैदलयात्रा गरेर आउनु पर्दा धेरै समय लाग्दथ्यो  । नाटकका निर्देशक चन्द्रबहादुर चौधरीले भने, ‘चौपाया चराउँदै नदी खोलामा माछा मार्ने र जंगली जनावरको शिकार गर्दै तराई झरेको कुरालाई दर्शकमाझ नाटकमा देखाउन खोजेका छौं ।’


Advertisment
Nabil box
Kumari

तराईको पानी भएको खोला नदी किनारामा थारू समुदायले बसोबास गर्न थाले । खोलाबाट माछा मार्ने, जंगली जनावरको शिकारले छाक टार्ने गर्दै  आएकामा पछि  खेतीपाती गर्दै  बसोबास गर्न थालिएको कुरा नाटकमा देखाइएको छ । ‘विगतमा तराईमा बसोबास गर्दा जंगली जनावरको आक्रमण झेल्न र बच्ने तरिका नजान्दा महामारीबाट थारू गाउँका गाउँ सखाप भएको कुरा पनि नाटकका माध्यमबाट समुदायलाई  देखाउन थालेका छौं,’ क्लबका सल्लाहकार विश्राम चौधरीले भने ।

Vianet communication
Laxmi Bank

यसैगरी, २ छाक टार्नकै लागि थारू समुदायका विपन्न परिवारले जमिन्दारको घरमा कमैया बस्नु पर्दाको दुःख र त्यसविरुद्ध गर्नुपरेको संघर्षसमेत देखाइएको छ । वन विनासले गर्दा निम्त्याएको विपत्तिबारे समेत नाटकमा वर्णन गरिएको छ । युवा क्लबमा आवद्ध युवाले समाजलाई प्रेरणा दिने र जनचेतना फैलाउने किसिमका नाटकहरु तिहारका अवसरमा प्रत्येक वर्ष प्रदर्शन गर्दै आएका र यसबाट समाजलाई सकारात्मक बाटोमा डोर्‍याउन मद्दत पुग्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x