पूजापाठ गर्दा कतातिर मुख फर्काउने ?

काठमाडौं – दिनदिनै बिहान बेलुका नियमित रूपमा पूजापाठ गर्दा घरमा सकारात्मक वातावरण कायम हुन्छ । त्यसबाट मनको नकारात्मक विचार नष्ट हुन्छ । 

त्यसैले गर्दा घरमा मन्दिर वा पूजनकक्ष बनाउने परम्परा लामो समयदेखि चलिआएको छ । 


Advertisement

घरमा पूजा गर्ने मानिसको मुख पूर्व दिशातर्फ फर्किएको शुभ हुन्छ । पूर्व दिशामा फर्किएर गरेको पूजाबाट श्रेष्ठ फल प्राप्त हुन्छ । 

घरमा मन्दिर यस्तो ठाउँमा बनाउनुस् जहाँ दिनभरिमा एकछिनका लागि भए पनि सूर्यको प्रकाश परोस् । 


Advertisement

घरमा सूर्यको प्रकाश र ताजा हावा आउन पायो भने घरको वास्तु दोष शान्त हुन्छ । सूर्यको प्रकाशले वातावरणको नकारात्मक ऊर्जा अन्त्य हुन्छ र सकारात्मक ऊर्जा बढ्छ । 

मन्दिरमा पूर्वजहरूको तस्वीर दक्षिण दिशामा झुण्ड्याएको राम्रो हुन्छ । सकेसम्म मन्दिरमा भन्दा पनि अर्कै कोठामा पूर्वजहरूको चित्र टाँग्नुस् । 

पूजन कक्षमा पूजा सम्बन्धी सामग्री मात्र राख्नुस् । अरू केही पनि नराख्नुस् । 

मन्दिर नजिक शौचालय हुँदा अशुभ हुन्छ । शौचालयभन्दा निकै पर मात्र मन्दिर बनाउनुस् । 

घरको मन्दिरमा बिहान र साँझ अवश्य पूजा गर्नुस् । पूजा गरेपछि घन्टी अवश्य बजाउनुस् । पूजा सकेपछि घरभरि घुमेर पनि घन्टी बजाएको राम्रो हुन्छ । घन्टीको आवाजले नकारात्मकता नष्ट भएर सकारात्मकता बढ्छ ।
 

कमेन्ट गर्नुहोस्