गेम अफ थ्रोन्सको प्रिक्वेल छिट्टै आउने

काठमाडौं – बहुचर्चित अंग्रेजी टीभी सिरिज गेम अफ थ्रोन्सको अन्तिम सीजन प्रसारण गरिएपछि प्रशंसकहरू निराश भएका छन् । तर यसको प्रिक्वेल हाउस अफ ड्रागन छिट्टै आउन लागेको बताइएको छ । 

उक्त प्रिक्वेलको पोस्टर पनि रिलिज गरिएको थियो । तर एपिसोडहरू प्रसारण गर्न रोकिएको थियो । नयाँ एपिसोडहरूको प्रसारणलाई अहिले आएर अनुमति प्राप्त भएको बताइएको छ । 


Advertisement

तर प्रसारण गर्नै लागेको बेलामा एपिसोड रद्द किन गरिएको थियो ? एचबीओ च्यानलले शो क्यान्सिल गर्ने कुनै कारण दिएको थिएन । तर एक रिपोर्ट अनुसार, शोका आरम्भिक एपिसोडहरू आवश्यकता भन्दा बढी लामो बनेकाले तिनलाई पुनः सम्पादन गरिएको छ । लामो एपिसोड प्रसारण गर्न च्यानलले नमानेको बताइएको छ ।


Advertisement

प्रिक्वेलका १० एपिसोडको अर्डर एचबीओ च्यानलले दिएको बताइएको छ । यसमा गेम अफ थ्रोन्सभन्दा ३०० वर्ष पहिलेको कथा देखाइनेछ । प्रिक्वेलको कथा जर्ज आर आर मार्टिनको फायर यान्ड ब्लडमा आधारित छ । 
उत्तरी आयरल्यान्डमा शोको शूटिङ भइरहँदा विरोध पनि भएको बताइएको छ । 

गेम अफ थ्रोन्सको आठौं तथा अन्तिम सीजनलाई समीक्षकहरूले निकै कडा आलोचना गरेका थिए । सीजनमा लेखाइ नै खराब रहेको र निर्देशन तथा पटकथा पनि आलोच्य रहेको बताइएको थियो । अन्तिम सीजन भएकाले त्यसलाई राम्रो बनाइनुपर्थ्यो भनी समीक्षक र दर्शक दुवैको प्रतिक्रिया रह्यो ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्