साउन ६, २०७८
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
काठमाडौं – लक्ष्मीपूजाको दिन अर्थात् कात्तिक १० गते बिहान २ बजेको समयमा प्रहरीले बाँसबारीको एउटा घरबाट २५ जुवाडेलाई पक्राउ गर्यो ।
रातिको समयमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजवंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ लगायत २५ जनालाई २ करोड ६७ लाख रुपैयाँसहित पक्राउ गरेको थियो ।
लक्ष्मी पूजाको दिन प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुका रामचन्द्र खतिवडाको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई २ लाख ३७ हजार ५ सय रुपैयाँसहित पक्राउ गर्यो ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीका ३८ वर्षीय तीर्थराम माकाजुको घरमा तास खेलिरहेको अवस्थामा माकाजुसहित ६ जनालाई ६३ हजार ३ सय ४२ रुपैयाँसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ ।
गुल्मीको गुल्मीदरबार गाउँपालिका–७ गलामका लिलसिंह अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा रेसुङ्गा नगरपालिका–१२ बस्ने २५ वर्षीय सन्तोष टण्डन लगायत १७ जनालाई २ लाख ८२ हजार ४ सय २२ रुपैयाँसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
तिहारमा जुवातासको बिगबिगी हुने भएकाले प्रहरीले देशैभर सक्रियता बढाएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले बताए । ‘हामीले तिहारको समयमा देशभर हुने जुवातासमाथि निगरानी गर्न सक्रियता बढाएका थियौं,’ पोखरेलले भने ।
कात्तिक ३ गतेदेखि तिहारको अघिल्लो दिन अर्थात् ११ गतेसम्म ९ दिनको अवधिमा ३ महिलासहित ३२९ जना पक्राउ र ३ करोड ५ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
कहाँ जान्छ बरामद रकम ?
कात्तिक १० गते बाँसवारीको जुवाखालबाट झण्डै ३ करोड रुपैयाँ बरामद भएसँगै बरामद भएको पैसा कहाँ जान्छ भन्ने धेरैको चासो देखिएको छ । मुलुकी अपराध (संहिता) २०७५ दफा १२५ को उपदफा ३ मा लेखिएको छ, ‘जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुनेछ ।’
जफत भएको रकम जिल्ला प्रशासन कार्यालयमार्फत राज्यको राजस्वको कोषमा जम्मा हुने व्यवस्था रहेको सरकारी वकिलको कार्यालय ललितपुरकी प्रमुख न्यायाधीवक्ता मोना सिंहले बताइन् ।
कानूनमा जुवाडेलाई के छ सजाय ?
मुलुकी अपराध संहिताले जुवा खेल्ने, खेलाउने वा सट्टाबाजी गर्नेलाई ३ महिना कैद र ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ । मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा २ (क) मा ‘पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजारसम्म जरिवाना’ हुने व्यवस्था गरिएको छ ।
उपदफा २ (ख) मा दोस्रो पटकदेखि जुवा खेल्ने, खेलाउनेलाई १ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप ३ महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...