कात्तिक २६, २०८०
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
कात्तिक १३, २०७६
दमौली - जिल्लाको सदरमुकामस्थित एक मात्र सरकारी अस्पतालमै रेबिज भ्याक्सिन अभाव भएको छ । दमौली अस्पतालमा विगत केही महीनादेखि रेबिज भ्याक्सिन अभाव भएको हो ।
सरकारी अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन निःशुल्क उपलब्ध हुने भएपनि अस्पतालमा भ्याक्सिन नहुँदा कुकुरले टोकेका बिरामीले निजी अस्पतालमा महङ्गो शुल्क तिरेर उपचार गराउनुपर्ने बाध्यता आएको छ ।
व्यास नगरपालिका–१ हाईस्कूलटारका एक व्यक्तिलाई मङ्गलबार कुकुरले टोकेपछि दमौली अस्पतालमा लैजाँदा स्वास्थ्यकर्मीले रेबिज भ्याक्सिन नभएको बताएको स्थानीयवासी सनम तामाङले जानकारी दिए ।
‘साथीलाई कुकुरले टोकेपछि सरकारी अस्पतालमा रेबिज विरुद्धको सुइँ लगाउन लगेको थिएँ,’ तामाङले भने, ‘स्वास्थ्यकर्मीले अस्पतालमा छैन भनेर निजी अस्पताल सिफारिस गरिदिए ।’
सरकारी अस्पतालमै रेबिज विरुद्धको भ्याक्सिन नहुँदा सर्वसाधारणले महङ्गो शुल्क तिरेर निजी अस्पतालबाट उपचार गराउनुपर्ने बाध्यता रहेको तामाङले गुनासो गरे ।
दमौली अस्पतालमा दैनिक पाँच÷दश जना बिरामी रेबिज विरुद्धको भ्याक्सिन लगाउन आउने गरेका छन् । निजी स्वास्थ्य संस्थाले रेबिज विरुद्धको भ्याक्सिनको रु ५०० देखि ६०० सम्म लिने गरेका छन् ।
कुकुरले टोकेका घाइतेलाई चिकित्सकको सल्लाहमा आवश्यकता अनुसार चारदेखि पाँचवटा भाइल एन्टि रेबिज भ्याक्सिन लगाउनुपर्ने हुन्छ ।
दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालमा रेबिज भ्याक्सिन अभाव भएपनि कहिलेदेखि अभाव भयो भन्ने बारेमा आफूलाई जानकारी नरहेको बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. सुनिल पौडेललाई सम्पर्क गर्न आग्रह गरे ।
यस विषयमा प्रतिक्रिया लिन मेडिकल सुपरिटेण्डेट डा. पौडेललाई पटक–पटक फोन गर्दा सम्पर्क हुन सकेन ।
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...