वलात्कार अभियोगमा तीन जना पक्राउ

काठमाडौं- एक २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-८ गैसार बस्ने खोटाङ घर भएका २१ वर्षीय बिजय राईलाई प्रहरीले पक्राउ गरेको छ । 

राईले ती महिलालाई डरत्रास देखाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


Advertisement

    यसैगरी १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचखाल नगरपालिका-१ ज्यामिरेबोट बस्ने २१ वर्षीय बिक्रम तामाङलाई पनि बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी चौकी पाँचखालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

    यसैगरी संखुवासभा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चैनपुर नगरपालिका-२ बस्ने ४४ वर्षीय तर्बु शेर्पालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ  । अस्थायी प्रहरी पोष्ट शिद्धपोखरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यी तीन वटै घटनाबारे अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 

कमेन्ट गर्नुहोस्