कात्तिक २०, २०८०
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
ललितपुर – यस वर्षको ११ औं यल कप ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा शिल्ड प्रदान गरिएको छ ।
मंगल टोल सुधार समितिको आयोजनामा मंगलबजार स्थित आदर्श कन्या निकेतन स्कुलको परिसरमा कार्तिक २ देखि ९ गते सम्म सो प्रतियोगिता भएको थियो ।
प्रतियोगिताको अन्तिम दिन गत शनिबार प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले विजयीहरुलाई प्रमाणपत्र तथा शिल्ड प्रदान गरे ।
२ वटा कोर्टमा चार इभेन्टमा खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो । जसमा १५ वर्षमुनिका किशोरहरुको ‘यु¬’ १५ सिंगल खेलमा नागबहाल टोलका खेलाडीहरु विजयी भएका छन् ।
प्रतियोगितामा ललितपुरका विभिन्न वडाका ४२ टोलका करिब १ सय ६० जना खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगितामा नागबहालको अग्रता कायम रह्यो ।
यु १५ सिंगलमा नागबहालकै खेलाडीहरु सहज शाक्य प्रथम, श्रवण शाक्य द्वितीय, सुजल शाक्य र पुजन शाक्य तृतीय भएका छन् ।
पुरुष मेन्स डबल्समा नागबहालका सनिल शाक्य र सुमन शाक्य प्रथम, नागबहालकै सुमित शाक्य र ससिन डंगोल द्वितीय भएका छन् । त्यसैगरी तृतीय हुनेहरुमा नागबहालकै विपिन शाक्य र सुसन शाक्य र दथुंलका राजु बज्राचार्य र सुमित डंगोल तृतीय भएका छन् ।
भेट्रान्स मेन्स डबल्समा मंगल टोलका वीरेन्द्रलाल श्रेष्ठ र किशोर ब्यञ्जकार प्रथम, नागबहालका सुदिम शाक्य र प्रवीण शाक्य द्वितीय, तृतीय हुनेहरूमा प्रयागपोखरीका सुरेश बाराही र पूर्ण चित्रकार, नागबहालका सुमन शाक्य र सुनिल शाक्य रहेका छन् ।
त्यसैगरी मिक्स डबलमा प्रथम हुनेमा नागबहालका सुमन शाक्य र रश्मि शाक्य रहनुभएको छ । त्यस्तै द्वितीय हुनुहुनेमा नागबहालका सनिल शाक्य र लसता शाक्य, तृतीय हुनुहुनेमा नागबहालकै ससिन डंगोल र रुचि बज्रचार्य र दथुंलका राजु बज्राचार्य र यास्ना डंगोल रहेका छन् ।
प्रतियोगितामा सम्पूर्ण खेलका विजेता, उपविजेता र तेस्रो हुने खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।
१५ वर्ष मुनिका केटाहरुको सिंगल इभेन्टमा पहिलो हुनेलाई ८ हजार रुपैयाँ, दोस्रो हुने ४ हजार रुपैयाँ र तेस्रो हुने २ हजार रुपैयाँ, मिक्स डबलमा पहिलो हुनेलाई १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ८ हजार रुपैयाँ र तेस्रो हुनेलाई ४ हजार रुपैयाँ, मेन्स डबलमा पहिलो हुनेलाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई २० हजार रुपैयाँ र तेस्रो हुनेलाई १० हजार रुपैयाँ र भेट्रान्स युगलमा पहिलो हुनेलाई १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ८ हजार रुपैयाँ र तेस्रो हुनेलाई ४ हजार रुपैयाँ प्रदान गरिएको छ । पुुरस्कारको कूल नगद राशि २ लाख १५ हजार रुपैयाँ रहेको छ ।
सो अवसरमा ३ नं प्रदेशका उपसभामुख राधिका तामाङले प्रदेशको खेलकुद विकासमा ललितपुर जिल्लाको महत्वपूर्ण योगदान पुर्याउन सक्ने चर्चा गर्दै यसका लागि आवश्यक सहयोग गर्न तत्पर रहेको बताए ।
यस प्रतियोगिताका लागि ललितपुर महानगरपालिका – १६ ले दुई लाख र १२ वडा कार्यालयले १ लाख रुपैयाँ सहयोग गरेको समितिले जनाएको छ ।
कलाको नगरी परिचित यस ललितपुरलाई किराँतकालदेखि नै ‘यल’ शहरको नामले चिनिन्छ । यसै यलको नाउँबाट स्थापित यल कप ब्याडमिन्टन प्रतियोगिता विगत १० वर्षदेखि हरेक वर्ष सञ्चालन हुँदै आइरहेको छ । आगामी वर्षको प्रतियोगिता सञ्चालन गर्ने जिम्मेवारी दौबहाल टोल सुधार समितिले लिएको छ ।
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...