माछापुच्छ्रे बैंकको सञ्चालकमा  हरिभक्त सिग्देल नियुक्त

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा  हरिभक्त सिग्देल नियुक्त भएका छन् ।

बैंकको कात्तिक ८ गतेको सञ्चालक समितिको ४०८ औं बैठकले सर्वसाधारण शेयरधनीका तर्फबाट रिक्त सञ्चालक पदमा हरिभक्त सिग्देललाई नियुक्त गरेको हो ।


Advertisement

सिग्देलको नियुक्ति आगामी वार्षिक साधारण सभासम्मको लागि रहेको छ । नवनियुक्त सञ्चालक हरिभक्त सिग्देलको सरकारी र प्राइभेट क्षेत्रमा निकै लामो अनुभव रहेको छ ।


Advertisement

माछापुच्छ्रे बैंक लिमिटेड पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १४१ वटा शाखा, १३१ शाखारहित बैंकिङ सेवा, १ एक्सटेन्सन काउन्टर समेत गरी २७३ स्थानमा रहेका सेवा सञ्जाल तथा १६५ वटा एटीएममार्फत ग्राहकमा अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । 

कमेन्ट गर्नुहोस्