एनआईसी एशिया बैंक र टीथ सेभर्सबीच सम्झौता

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेड र टीथ सेभर्स प्रालि त्रिपुरेश्वरबीच एनआईसी एसिया बैंकका ग्राहकलाई टिथ सेभर्स डेन्टल क्लिनिकमा दाँत सम्बन्धी उपचार गराउँदा १५% सम्म छूट प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौता बमोजिम बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले टीथ सेभर्समा दाँतसम्बन्धी उपचार गराउँदा १५% सम्म छुट प्राप्त गर्न सक्ने छन् ।


Advertisement

सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख प्रवीण रेग्मी र टीथ सेभर्सको तर्फबाट अध्यक्ष उषा घिराईयाले हस्ताक्षर गरे । 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८२ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

१८ लाखभन्दा बढी ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्