×

NMB BANK
NIC ASIA

हिमालयन क्यापिटल लिमिटेडको कारोवार शुरू

कात्तिक १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - हिमालयन बैंक लिमिटेडले आफ्नो सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडको कारोवार शुक्रवारबाट शुभारम्भ गरेको छ ।

Muktinath Bank

बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले एक समारोहका बीच हिमालयन क्यापिटल लिमिटेडको समुद्घाटन गर्दै औपचारिक रुपमा सेवा प्रारम्भ गरेको घोषणा गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकको पूर्ण स्वामित्व रहेको हिमालयन क्यापिटलको मुख्य उद्देश्य ग्राहकहरुका लागि मर्चेन्ट बैंकिंग तथा इन्भेस्टमेन्ट बैंकिंग सेवा प्रदान गर्नु रहेको छ । क्यापिटलको चुक्ता पूँजी २० करोड रहेको छ ।


Advertisment
Nabil box
Kumari

नेपाल धितोपत्र बोर्डले हिमालयन क्यापिटललाई गत साउन २६ गते सम्पूर्ण मर्चेन्ट बैंकिङ कारोबार गर्न इजाजत प्रदान गरेको थियो ।

Vianet communication
Laxmi Bank

मर्चेन्ट बैंकिङ कारोवारअन्तर्गत हिमालयन क्यापिटल लिमिटेडले धितोपत्र निष्कासन, शेयर रजिष्ट्रार,  धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, र डीपी सेवा प्रदान गर्नेछ । उद्घाटन समारोहमा हिमालयन बैंकका अध्यक्ष श्रेष्ठले पूँजी बजारमा आएका सकारात्मक परिवर्तन र बजारको दायरामा भएको वृद्धिलाई आत्मसाथ गर्दै ग्राहकको सेवामा कम्पनी पूर्णरूपमा समर्पित हुने बताए ।

हिमालयन क्यापिटलको संचालक समितिका अध्यक्ष तथा हिमालयन बैंकका महाप्रबन्धक सुशील जोशीले ग्राहकहरुलाई आधुनिक मर्चेन्ट बैंकिङ सेवाहरु उपलब्ध गराउने र देशको अर्थतन्त्रको दिगो विकासमा योगदान पुर्याउने प्रतिबद्धता जाहेर गर्दै निकट भविष्यमा नै नियामक निकायको स्वीकृति पश्चात क्यापिटलले हिमालयन बैंकको सामुहिक लगानी कोष 'हिमालयन म्युच्युअल फण्ड' तथा अन्य लगानी कोषहरुको संचालन गरी ग्राहकलाई विशिष्टीकृत सेवा प्रदान गर्ने लक्ष्य राखेको जानकारी गराए ।

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले कम्पनीले ग्राहकहरुको सन्तुष्टिलाई आत्मसाथ गर्दै सम्पूर्ण धितोपत्र बजारलाई सकारात्मक योगदान दिन कटिबद्ध रहने उल्लेख गरे ।

हिमालयन क्यापिटल लिमिटेडको संचालक समितिमा हिमालयन बैंक लिमिटेडको तर्फबाट सुशील जोशी, अध्यक्ष र संचालकहरुमा सुनिल गोर्खाली र  सतिशराज जोशी रहेका छन् । क्यापिटलको प्रधान कार्यालय ठमेलस्थित कर्मचारी संचय कोष भवनमा रहेको छ ।

क्यापिटलको उद्घाटन समारोहमा हिमालयन बैंक लिमिटेडको संचालक समितिका सदस्य, बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर जबरा, हिमालयन क्यापिटल लिमिटेडको संचालक समितिको साथै बैंकका महाप्रबन्धक तथा वरिष्ठ कर्मचारी, क्यापिटलका कर्मचारी, नियामक निकाय तथा विभिन्न संघ संस्थाका पदाधिकारी, र संचारकर्मीको उपस्थिति रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x