×

NMB BANK
NIC ASIA

केराको मूल्य आकाशियो

कात्तिक १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राजविराज – छठ पर्वमा अर्घ्य दिन आवश्यक पर्ने सामाग्रीमध्येको महत्वपूर्ण फल केराको कारोबार अत्याधिक बढेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सप्तरी सदरमुकाम राजविराजसहित बोदे बरसाइन, भारदह, कंचनपुर, पातो, कल्याणपुर, कदमाहा लगायतका बजारहरुमा केराको कारोबार अत्याधिक बढेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छठ पर्वमा अर्घ्य दिन केराको घरी (घौर) अनिवार्य रहेकोले हरेक परिवारलाई केराको घरी किन्ने व्यस्तता देखिएको छ । ‘पर्वमा अर्घ्यका रूपमा केरालाई मुख्य मानिन्छ,’ राजविराज नगरपालिका–१का विजय यादवले भने, ‘महँगो भए पनि किन्नैपर्ने बाध्यता छ ।’


Advertisment
Nabil box
Kumari

उनले तराई क्षेत्रलाई केराका लागि उर्वर मानिएपनि केरा खेती प्राथमिकतामा नपर्दा बाहिरबाट आयात गरिएकाले केरा महँगो मूल्यमा किन्नुपर्ने बाध्यता रहेको बताए ।

Vianet communication
Laxmi Bank

‘केरा उत्पादनको लागि तराई क्षेत्रलाई राम्रो मानिएपनि उत्पादन गर्न नसक्दा छठ पर्व तथा अन्य चाडपर्वको समयमा बजारको माग पूरा गर्न बाहिरकै भर पर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘केरामा तराई क्षेत्रलाई आत्मनिर्भर बनाउन कृषकहरुलाई खेतीतर्फ आकर्षण बढाउन स्थानीय, प्रदेश र संघ सरकारले ध्यान पुर्‍याउनु आवश्यक छ ।’

उनले सरकारकै उदासिनताले सर्वसाधारणलाई केरा खरिदमा पनि महँगी खेप्नु परेको गुनासो गरे ।

सप्तरीका बजारमा अहिले ४ सयदेखि २ हजार रुपैयाँसम्ममा केराको घरी खरिद बिक्री हुने गरेको छ । ‘जिल्लाको पूर्वी उत्तरी भागमा केही रुपमा केरा खेती हुन्छ, सो केराले अन्य समयमा बजारको माग झण्डै पुरा पनि गर्छ‍,’ राजविराज नगरपालिका–१ का रामकिसुन साहले भने, ‘तर छठ पर्वको बेला भने अन्य समयभन्दा १५/२० गुणाले केराको माग हुन्छ ।’

माग पूर्ति गर्न आफूहरूलाई झापा, मोरङ्गसहित विहारको विभिन्न बजारबाट केरा आयात गर्नुपर्ने भएकाले अलिकलि बढी मूल्य लिएर बिक्री गर्नुपरेको उनको भनाई छ ।

‘बाहिरबाट आयात गर्ने वित्तिकै ढुवानीदेखि भन्सार र लेवर खर्च पनि लाग्छ,’ उनले भने, ‘सो खर्च मिलाउन थोरै महँगो पर्न जान्छ ।’ सौरभ यादव, सप्तरी

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x