×

NMB BANK
NIC ASIA

कर्णालीको विकास प्रहरीको हातमा, प्रदेश सरकार रमिते बन्यो

कात्तिक १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको बाटो हुँदै चिन्तामणि शर्मा हरेक दिन इत्राम जानुपर्थ्यो ।

Muktinath Bank

मन्त्रालय अगाडीको बाटो हिडि नसक्नु थियो । पक्की सडकमा भन्दा उनी कच्ची सडकमा मोटरसाईकल र कार दौडाउने गर्थे । ‘हिजो आज प्रहरीले खाल्डा पुरेका कारण यो बाटो हिड्न आनन्द आउँछ । खाल्डा खुल्डी पुरिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टायर पन्चर हुने र जीउ हल्लिने समस्याको केहि समयका लागि भएपनि अन्त्य भएको छ,’ उनी प्रश्न गर्छन्, ‘देश सेवक कर्मचारीले नै सडकका खाल्डा खुल्डी पुर्नुपर्ने हो भने सरकारले के काम गर्ला ?’


Advertisment
Nabil box
Kumari

उसो त कर्णाली प्रदेश सरकार स्थापना भएको झण्डै २१ महिना पुगेको छ तर राजधानी र प्रदेशको नाउँ सबैभन्दा पहिला तोक्न सफल कर्णाली सरकार आफ्नै मन्त्रालय अगाडीका सडकको कालोपत्रे गर्न त परै जाओस्, खाल्डासम्म पुर्न सकेन बरू अर्बौं रुपैयाँ फ्रिज गराउन सफल भयो ।

Vianet communication
Laxmi Bank

‘मुख्यमन्त्री निवास जाने बाटो, वीरेन्द्रनगर पालिका जाने बाटो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको अगाडीको बाटो हिडि नसक्नु थियो,’ दिनहुँ वीरेन्द्रनगरमा यी बाटोहरु प्रयोग गर्दै आइरहेकी रमिता शाही भन्छिन्, ‘स्कुटी चलाउँदा जता कच्ची र कम खाल्डो छ हेरेर मात्रै हिडनु पर्ने अवस्था थियो । यो अवस्थालाई सरकारले नहेरेपनि प्रहरीले हेरिदियो धन्यवाद छ प्रहरीलाई ।’

यी दुई प्रतिनिधिमुलक पात्र मात्रै हुन् । पैदलयात्री राकेश पौडेलले सरकारले कहिल्यै बाटो सुधारबारे चासो दिन नसकेको बताउँछन् । ‘तीन तहका सरकार गठन भए जनताले सुविधा पाउँछन भन्ने थियो तर सास्ती मात्र पाइयो,’ उनी भन्छन्, ‘जुँगाको लडाई हो वा राजनीतिक खिचातानी हो वीरेन्द्रनगरको अवस्था दयनीय नै हुने भो ।’ 

वीरेन्द्रनगरमा नगरप्रमुखमा देवकुमार सुवेदी नेपाली कांग्रेसबाट निर्वाचित भएका कारण प्रदेश सरकारले लगानी गर्न हच्किएको हो की भन्ने आशंका आफूलाई लाग्न थालेको उनको भनाई छ । ‘जो जुन दलबाट जितेर आएपनि उनीहरु सबैको काम विकास निर्माण गर्नु नै हो,’ उनी भन्छन्, ‘राजनीतिक फाइदाभन्दा पनि देशलाई के गर्दा फाइदा हुन्छ भन्नेमा सरकारहरुको ध्यान कहिले जाने हो खोइ ?’

अन्य देशका प्रहरीहरुको काम शान्ति सुरक्षा, अमनचयन कायम गर्नु हो । जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिनु हो अनि जनताको ज्यू धनको सुरक्षा गर्नु, आपत विपतमा उद्धार गर्नु र देशको शासन व्यवस्थाको सुरक्षा गर्नु पनि हो । तर हिजो आज कर्णाली प्रदेशमा यो बाहेक अन्य तस्विरहरु देखिन थालेका छन् । 

हरेक शनिबार प्रहरीले मन्दिरहरुको सरसफाई गर्दै आइरहेको छ । केहि दिनदेखि प्रहरीले राजधानी वीरेन्द्रनगरका सडकमा परेका खाल्डाखुल्डी पुर्ने गरिरहेको छ । तर जसले सडक बनाउने जिम्मा पाएको हो, जसले विकास गर्नुपर्ने हो, जसले जनताको सेवा गर्छौं देश बनाउँछौं भनेर जनताको मत ल्याइ सत्तामा आएका छन ती रमिते बनेका छन् ।

सडकको खाल्डा खुल्डी पुर्ने काम विगत एक हप्ता देखि वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश शसस्त्र प्रहरी गण नेपाल प्रहरी कर्णाली प्रदेशले गर्दै आएको छ ।

यता, प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको यसबारेमा धारणा लिन खोज्दा उनको फोन उठेन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x