×

NMB BANK
NIC ASIA

डेपुटी गभर्नर श्रेष्ठमाथि छानबिन गर्न राष्ट्र बैंक बोर्ड बैठक बस्दै, आजै निलम्बनमा पर्ने

कात्तिक १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको विषयमा छलफल गर्न राष्ट्र बैंक सञ्चालक समितिको बैठक आइतवार बस्न लागेको छ । 

Muktinath Bank

वित्तीय स्थायीत्वमा गम्भिर असर पर्ने काम गरेको आरोप लागेपछि राष्ट्र बैंकको आज बस्न लागेको बोर्ड बैठकले उनलाई बर्खास्ती गर्ने या नगर्नेभन्नेबारे निर्णय गर्ने छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्र बैंकको बोर्ड बैठक बस्ने निर्णय भने गत बिहीवार नै भएको थियो । अर्थ मन्त्रालयबाट चिठी आइसकेकाले आइतवारका लागि बोर्ड बैठक राखिएको बैंकका एक उच्च अधिकारीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

डेपुटी गभर्नर श्रेष्ठलाई खराब कर्जा लुकाउन सहयोग गरेको, सर्वोच्च अदालतले फैसना नगर्दै विदेशबाट ल्याएको पैसा निकाल्न सहयोग गरेको तथा एनसेलको कर छलीमा सहयोग गरेको आरोप लागेको छ । यस्तै, उनीमाथि सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी सूचना संकलन गर्न प्रयोग गरिने सफ्टवेयर चल्न नदिन भूमिका खेलेको आरोप पनि लागेको छ । 

Vianet communication
Laxmi Bank

‘बैंकहरूको मर्जर तथा अन्य समसामयीक विषयमा छलफल गर्न बैठक डाकिएको थियो, त्यसमा मेरै विषयमा पनि कुरा चल्छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठले लोकान्तरलाई बताए ।

के छ ऐनमा ?

डेपुटी गभर्नर श्रेष्ठलाई वित्तीय स्थायीत्वमा गम्भिर असर पर्ने काम गरेको आरोप लागेको छ । मन्त्रिपरिषदको बैठकले श्रेष्ठलाई कारबाही गर्न का लागि राष्ट्र बैंकलाई पत्र काटिसकेको छ । 

मन्त्रिपरिषद्को पत्र राष्ट्र बैंकमा पुगिसकेको छ । राष्ट्र बैंकले उनीमाथि लागेको आरोपबारे छानबिनका लागि समिति गठन गर्ने तयारी गरेको छ । स्रोतका अनुसार उनीमाथि समितिले आजैबाट छानबिन गर्नेछ ।  डेपुटी गभर्नरविरुद्ध छानबिन हुनेबितिकै उनी पदबाट स्वतः निलम्बन भएको मानिनेछ ।

राष्ट्र बैंकको ऐनको दफा २२ मा डेपुटी गभर्नर तथा सञ्चालकहरू पदमुक्त हुने व्यवस्था नै राखिएको छ । उक्त दफा अनुसार सरकारले सञ्चालक तथा डेपुटी गर्भनरहरूको पदमुक्त गर्न सक्ने व्यवस्था रहेको छ । यसका लागि सफाईको मौका भने दिनुपर्ने उल्लेख गरिएको छ ।

यदि उनीबाट चित्तबुझ्दो जवाफ नआएमा सञ्चालक समितिले सरकारलाई पदमुक्त गर्न सिफारिस गर्छ र सरकारले पदमुक्त भएको घोषणा गर्दछ ।

आगामी चैतमा वर्तमान गर्भनर चिरञ्जीवी नेपाल गभर्नरबाट पदमुक्त हुँदैछन् । त्यसपछिको गभर्नर बन्नका लागि अहिलेदेखि नै  दौडधुप चलिरहेको छ । 

डेपुटी गर्भनर श्रेष्ठले गभर्नरको लाइनबाट हटाउनका लागि आफूविरुद्ध चलखेल भएको दावी गरे । लोकान्तरसँगको कुराकानीमा श्रेष्ठले राजनैतिक आस्थाका आधारमा आफूविरुद्ध षड्यन्त्र रचेको समेत बताए । उनी भन्छन्, ‘म काँग्रेस निकट भएकाले सरकारले नै ममाथि षड्यन्त्र रचेको होकी जस्तो लाग्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x