एमसीसीद्वारा नेपाली टोलीसामु २०२ रनको विजयी लक्ष्य पेश

काठमाडौं – इंग्ल्याण्डको चर्चित एवं पुरानो क्लब मेरिलबोन क्रिकेट क्लब (एमसीसी)ले नेपाली क्रिकेट टीमसामु २ सय २ रनको विजयी लक्ष्य पेश गरेको छ ।

नेपाल भ्रमणमा रहेको इंग्लिस क्रिकेट टोलीले कीर्तिपुरमा जारी लिस्ट ए मान्यताप्राप्त ५० ओभरको खेलमा ज्ञानेन्द्र मल्ल नेतृत्वको नेपाली टोलीसामु मध्यम चुनौती पेश गरेको हो ।


Advertisement

निकै राम्रो शुरूवात गरेको एमसीसीको टोली २६ ओभरपछि लड्खडाएको थियो ।

१८ ओभरमा १०७ रन जोड्दा १ विकेट मात्र गुमाएको एमसीसीले त्यसपछि ९४ रन जोड्दा बाँकी ९ विकेट गुमायो । 

नेपालका लागि ललित राजवंशी र पवन शर्राफले ४/४ तथा करण केसी र अभिनास बोहराले १/१ विकेट लिए ।

नेपाल भ्रमणअन्तर्गत आफ्नो पहिले खेलमा एमसीसीले नेपाली यु–१९ क्रिकेट टोलीलाई पराजित गरेको थियो ।

आजको खेलमा पारस खड्का, सन्दीप लामिछाने र सोमपाल कामी भने खेलेका छैनन् ।

कमेन्ट गर्नुहोस्