निवर्तमान सभामुख महरा पुर्पक्षका लागि जेल चलान

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

काठमाडौं– संसद् सचिवालयमा काम गर्ने एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।


Advertisement

महराविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीवार दायर गरेको मुद्दामा आइतवारदेखि थुनछेक बहस हुँदै आएको थियो ।

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले महरालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

अदालतको आदेशसँगै महरालाई डिल्लीबजार कारागार चलान गरिने भएको छ ।

जिल्ला अदालतमा शुक्रवार महराको बयान भएको थियो ।

बयानमा महराले पीडित भनिएकी रोशनी शाहीको डेरा रहेको क्षेत्रमा आफू गएको तर, उनको डेरामा प्रवेश नगरेको बयान दिएका थिए ।

बलात्कार प्रयासको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिइसकेका छन् ।

उनलाई सभामुखको सरकारी निवास बालुवाटारबाट गत असोज १९ गते दशैंको महाअष्टमीको दिन पक्राउ गरिएको थियो ।

हेर्नुहोस् यो पनि -

चतुर राजनीतिक खेलाडीको लज्जास्पद अवसान !

महराको बयान– 'रक्सी ७ वर्षदेखि छोएको छैन, त्यो दिन रोशनीले मलाई नै धम्की दिएकी थिइन्'

 

 

कमेन्ट गर्नुहोस्